Tuesday, October 14सत्यम खबर
Shadow

आर्थिक

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २३ भदौ – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निर्माण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो । पालिकाको वडा नं.१ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रय स्थल निर्माण गरेको छ । पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा ...
पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको सेमिफाईनल सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ भदौ – पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको सेमिफाईनल संघिय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपालको दोश्रो संस्करणको अडिसन राउण्डबाट छानिएका प्रतियोगिहरुको सेमिफाईनल शुक्रबार सम्पन्न भएको हो । अडिसन राउण्डबाट छानिएका ६७ जनामध्ये ४५ जनाले सेमिफाईनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये २२ जना प्रतिष्पर्धीहरु फाईनल राउण्डका लागी छनौट भएका छन् । सेमिफाईनल राण्डमा प्रतिशत पर्दा गरेका ४५ जना मध्ये आर्शिया रोका, आदेश काफ्ले, आश्मी लोहनी, धोजबहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, काजल परियार, कोविद बुढाथोकी, मेलिसा कार्की, प्रथाना अधिकारी, प्रिन्स यादव, सविना खतिवडा, सफलता थापा, श्रेया बुढाक्षेत्री, सिवानी राउत, सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की र युवराज शाहीफाईनल राउण्डमा प्रबेश गरेका छन् ...
जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाल्पा, (रिब्दीकोट), १८ भदाैं - अल्पायु मै श्रीमान् गुमाएर आफना सन्तानको भविष्य बनाउने जिम्मेवारी बोकेकी माया सार्कीलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गार्डियन माईक्रो लाईफ इसुरेन्स मार्फत कर्जा बिमा दावी रकम बापत रु २ लाख ५० हजार कर्जा मिनाह सहित रु १५,००० क्रिया खर्च प्रदान गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संचालन कार्यालय हार्थोकद्धारा सञ्चालीत लालीगुँरास बैंकिङ्ग समुदायमा आबद्ध भइ कर्जा परिचालनबाट व्यवसाय गरिरहनु भएको थियो । निजको श्रीमान रमेश सार्कीको मिति २०८२ साउन १८ गते ३३ बर्षको अल्पआयु मै असामयिक निधन भएकोले संस्थाको इलाका संचालन कार्यालय कोलोनीका इलाका संचालन अधिकृत टोपबहादुर सुनार रिब्दीकोट गाउँपालिका वडा न. ०५ बतासे मृतकको घर मै पुगेर स्व.रमेश सार्कीको मृतआत्माको चिरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना सहित हार्दिक श्रद्ध...
इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, ९ भदाै - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो । कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप अनुसंधान कार्य भइ रहेको छ। पक्राउ प...
मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ ९ गते, सोमबार नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा निर्भर हुने निजी सञ्चार माध्यमहरूको दृष्टिकोणले यो विषयलाई गम्भीर ढंगले बुझ्नु जरुरी छ । नेपालमा सञ्चार माध्यमहरू प्रायः विज्ञापनबाट चल्ने भएकाले यस्तो निषेधले उनीहरूको अस्तित्व र दिगोपनामा प्रत्यक्ष प्रहार गरेको छ भन्ने तथ्यलाई बेवास्ता गर्न सकिँदैन । विज्ञापनको संरचनात्मक स्वरूपमा हेर्ने हो भने सरकारी निकाय, ठूला कम्पनी र बहुराष्ट्रिय उत्पादनकर्ताहरू मुख्य स्रोत हुन्छन् । यिनैम...
बिसमिल्लाह होटल सञ्चालक फरार

बिसमिल्लाह होटल सञ्चालक फरार

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भदौं – नेपालगन्ज उपमहानगरपालिका वडा नं.–११ स्थित बिस्मिल्लाह होटलका सञ्चालक मोहम्मद उमर साईलाई बिरयानी, कवाब, शोर्मा लगायतमा अखाद्य कोलटार रङ्ग प्रयोग र फोहोर ठाउँमा मासु भण्डारण गरेको आरोपमा जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ । मोहम्मद उमर साईको बिसमिल्लाह होटल मात्र नभई उनकै नामबाट आयुर्वेद न्यू रिल्याक्स स्पा समेत दर्ता रहेको छ । हाल मोहम्मर उमर साई नेपालगन्ज मै रहेपनि प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् भन्ने स्रोतले दिएको जानकारी अनुसार विभिन्न फर्महरु साई कै नाममा दर्ता भएपनि उनले आफ्नो कर्मचारीमार्फत काम गर्दै आएको बताए । बिसमिल्लाह होटलमा तयार गरिएको खाद्यन्न परिकारहरुले प्रत्येक्ष रुपमा मानव जीवनमा हनिकार रहेको खाद्यन्न तथा गुणस्तर विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार बिस्मिल्लाह होटलद्वारा तयार ...
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि आज शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि आज शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ७ भदौं – युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ । युनिभर्सल कलेज, फिनिक्स कलज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नत...
उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक: मन्त्री न्यौपाने

उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक: मन्त्री न्यौपाने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ६ भदाै – लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्योग क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । इटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कुन उद्योगलाई कुन तहको सरकारले नियमन गर्ने भन्ने विषयमा अझै स्पष्टता नआएकाले उद्योग क्षेत्रमा अपेक्षित काम हुन नसकेको जानकारी दिनुभयो । मन्त्री न्यौपानेले भन्नुभयो “लुम्बिनी प्रदेश सरकार सबल नहुँदा उद्योगीहरू निराश छन्, अब उद्योग–व्यवसायलाई स्थिर बनाउन कानुनी र नीतिगत ढाँचा बनाउनैपर्छ,” । उहाले प्रदेशका कर्मचारी प्रदेश लोक सेवा आयोगमार्फत नियुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै, यसले प्रशासनिक कामलाई सहज र परिणाममुखी बनाउने बताउनु भयो । यातायात क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम ग...
आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – आफ्नो लक्ष्यका साथ अध्ययन गरे के हुन सक्दैन भन्ने उदाहरण हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बस्ने लखन खटिकको नाती रामदाश खटिकको छोरा दिनेश सोनकरले देखाएका छन् । दलित सामुदायबाट आप्mनो उर्खाहरुको नाम उच्च स्थानमा राख्दै मेहनत गरे जे पनि सम्भव हुन सक्छ भन्ने उदाहरण पेश गर्दै दिनेश सोनकर नेपाल प्रहरी जनपदको सहायक निरीक्षक पदमा नाम निकाल्न सफल भएको बताईएको छ । प्रकाशित सूचनामा नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०५/२८ गते नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन नम्बर ०२(०८१/०८२) अनुसार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षा तथा अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफासिर...
कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ श्रावण – नेपालगन्ज स्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् । बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा.ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदनसमेत दिएको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथिनै मुद्दा चलाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘बैंकमा कहिँ नकहिँ घोटाला भएको छ, शंका मानेर म लगायत डा.ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानबीन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन...