रोयल इनफिल्डको गोरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक
नेपालगन्ज, २८ बैशाख – रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन प्रोफारमेन्स रोडस्टर गरिल्ला ४५० नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने रोयल इनफिल्ड नेपालगन्ज शाखाका एमडी सार्मथ्य सिंहले जनाएका छन् । एमडी सिंहका अनुसार गरिल्ला ४५० तीन भेरियन्ट – एपेक्स, दास र फ्लेक्स तथा आठ विभिन्न कलरहरुमा उपलब्ध हुनेछ ।
रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, æ१२५ वर्षको पुरी मोटरसाईकिलि· यात्रालाई मनाइरहेका बेला नेपालमा गरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम भएको बताएका छन् । यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो – चुस्त, सहज र दमदार । नेपाली युवा र स्पोर्टी र...









