Tuesday, August 18सत्यम खबर
Shadow

अवधी

शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २४ बैशाख – विगत वर्षदेखि नै शिक्षा क्षेत्रमा बाँकेको नरैनापुर गाउँपालिका भित्र रहेका विद्यालय तथा मदरसाहरुमा शिक्षाको गुणस्तरीयता न्यून रहेको पाईन्छ । त्यसमाथि बेला बखत शिक्षा माथि नरैनापुरबासीहरु मार्फत नै प्रश्न समेत उठ्ने गरेको भएपनि गाउँपालिकाका दोहोरो नीतिले गर्दा कर्मचारी पोसित हुँदै आईरहेको पालिकाबासीहरुको आरोप रहेको छ ।यसैक्रममा नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आईतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकहरुले हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।अनुगमनका क्रममा नरैनापुर गाउँपाल...
पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा नागरिक अभिनन्दन (फोटोफिचरसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा नागरिक अभिनन्दन (फोटोफिचरसहित)

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० (बैशाख) – बाँके जिल्लाको ऐतिहासिक नगरी नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव शाहलाई नागरिकद्वारा भब्य रुपमा अभिनन्दन गरिएको छ ।नेपालगन्जको बाँके बगिया मैदानमा नागरिकहरुद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा राज परिवारका सदस्यलाई भब्य रुपमा स्वागत गरिएको छ ।पूर्व राजा शाहले “आज नेपालमा यो ऐतिहासिक औद्योगिक र व्यापारिक महत्वको नेपालगन्ज नगरमा आएर तपाईहरुलाई भेट्न पाउँदा मलाई खुशी लागेको छ । यो अवसर दिनु हुने आयोजक तथा उपस्थित जनसमूहप्रति अभार व्यक्त गर्दछु । बाँके, बर्दिया, कञ्चनपुर, कैलाली हामीबाट केही समयको लागि कालान्तरमा गुमेको पनि हो” उहाँले स्मरण गर्दै बताउनुभयो ।उहाँले अगाडी “आजभन्दा ६४ वर्ष अघि यही भूमिमा उभिएर हाम्रो स्वार्गवासी बुवा ज्यूले नेपालको तत्कालिन राजनीतिक दलहरुलाई के...
आगलागी पीडितलाई वडाध्यक्ष गुप्ताद्वारा तत्काल राहत उपलब्ध

आगलागी पीडितलाई वडाध्यक्ष गुप्ताद्वारा तत्काल राहत उपलब्ध

अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १२ वैशाख, बाँकेको जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा (फुलपुरवामा) सोमवार आगलागी भएको छ । आगलागी सोमवार राती १२ बजे भएको थियो ।आगलागीबाट गरिवपुरवा (फुलपुरवा)को मोंगरे खटिकको घरमा पूर्ण रुपमा क्षती पुगेको छ । साथै एकवटा खसी, २ वटा पानी तान्ने होन्डा पम्पसेट मेशिन, खाना पकाउने स्टोप, अरहर १ क्वीन्टल, धन ६ क्वीन्टल, मसुरो ५ लम्वर, मटर १० लम्वर, ताेरी ५ लम्वर, ८ हजार नगद आगलागीबाट नष्ट भएको छ ।सोमवार आगो लागेको जानकारी पाएपछी पुगेका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा सदस्य अमरबहादुर मगर, वडा नं २ मेलमिलाप समितीका संयोजक आनन्द गौतमले पिडित परिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, खुर्सानी भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरेका थिए ।राहत प्रदान गर्न पुगेका वडा अध्यक्ष गुप्ताले विपदमा परेका जनतालाई वडा अध्यक्षको ...
श्री माध्यमिक बिद्यालय जोगागाउँकाे बिद्यार्थी भर्ना अभियान शुरु

श्री माध्यमिक बिद्यालय जोगागाउँकाे बिद्यार्थी भर्ना अभियान शुरु

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ३ बैशाख - जानकी वैशाख ३ गते बाँकेको जानकी गाउँपालिका वडा नं २ मा स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।बिद्यालयका प्रधानाध्यापक मो आलमीन राईका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो । सबै बालबालिकालाई बिद्यालय ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान सञ्चालन गरिएको छ । भर्ना अभियानका क्रममा बिद्यालयले १ देखि ९ कक्षासम्म अध्ययन गर्ने आफ्ना बालबालिकालाई समयमै बिद्यालयमा भर्ना गर्न अभिभावक तथा परिवारलाई अनुरोध गरिएको प्राधानाध्यापक राईले बताउनुभयो । माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन गरिरहेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा सञ्चालन तथा बिषयगत शिक्षकहरुको व्यवस्था रहेको प्रअ राईले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षण कार्यका ला...
जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै

जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै

अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २६ चैत - बाँकेको जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै गएको छ । जानकी गाउँपालिकाको ६ वटै वडाभित्र रहेका अपाड्डता भएका व्यक्तीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उद्देश्यले घरघरमा पुगी व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो ।जानकीको महिला तथा बालबालिका शाखाले १५ जना अपाड्डता भएका व्यक्तीहरुलाई व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो । १२ जनालाई व्हीलचेयर र ३ जनालाई ट्राई साईकल वितरण गरेको छ । घरमै आई व्हीलचेयर र ट्राई साईकल वितरण गरेकोमा अपाड्डता भएका व्यक्ती लगायत आफन्तजनहरुले खुशी व्यक्त गरेका छन । घर मै पुगेका पालिका अध्यक्षलाई अपाड्डता भएका व्यक्तीहरुले व्हीलचेयर र ट्राई साईकलका साथै आफुहरुलाई आर्थिक सहयोग पनि गरिदिन समेत आग्रह गरेका छन ।घरघर मै गाउँमै पुगेर १ देखि ६ वटै वडामा जतिपनि अपाड्डता भएका व्यक्तीहरु छन उनीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उ...
मृत्युदर घटाउन डुडुवाको विशेष रणनिती

मृत्युदर घटाउन डुडुवाको विशेष रणनिती

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २० चैत – मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनितिका साथ कार्य गर्दै आएको छ । विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निमार्ण गरिएको हो ।गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज सोमबार आयोजित सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ्ग कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शुन्यमा झार्न कार्ययोजना निमार्ण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको इक्लामसीया रोगका कारण भएको हो, यस्ता राग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसंगको सम्पर्कमा रहनुपर्दछ ।डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरि ४...
खोप लगाउन छुटेकालाई पहिचान गरिदै

खोप लगाउन छुटेकालाई पहिचान गरिदै

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ६ चैत – बाँकेको डुडुवा गाउँपालिकामा पुर्ण खोप सुनिश्चितताका लागि रणनितिक कार्ययोजना तयार पारिएको छ ।यही चैत्र मसान्तसम्म पालिका अन्तर्गत सम्पुर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र पहिचानबाट छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पुर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर बुढाले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिका पुर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुटने गरेका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया रहेको छ ।कार्यक्रममा वडाध्यक्षह...
जिल्लामा जानकी गाउँपालिका दोस्रो स्थानमा

जिल्लामा जानकी गाउँपालिका दोस्रो स्थानमा

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ३० फागुन - राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान यही मिति २०७९ साल फागुन महिनाको ११ गतेदेखि हातिपाईले रोग विरुद्ध "आम औषधि सेवन कार्यक्रम" दक्ष स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेको जानकी गाउँपालिका वडा नं.१ देखि ६ नं. सम्मका सम्पुर्ण गाउँबस्ती मै गई दुई बर्ष माथिका सम्पुर्ण व्यक्तिहरुलाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रममा बाँके जिल्ला भरीमा जानकी गाउँपालिका ८१% आम औषधि सेवन गराएर दोस्रो स्थान हासिल गरेको छ । बेलभार स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रीकाप्रशाद गुप्ता स्वयं आफै स्वास्थ्यकर्मीहरुको साथ-साथै राष्ट्रिय हातिपाइले रोग निवारण अभियान कार्यक्रममा जन समुदाय स्तरमा गएर आफ्नो जनतालाई औषधि खुवाउन हिड्नु भएको थियो । वहाँले गर्नु भएको काम सर्हानीय रहेको जनताको भनाई रहेको थियो ।...
विश्वकर्माको नेतृत्वमा नाजाको बाँके शाखा, प्रदेश मन्त्री र पूर्व अध्यक्ष त्रिपाठीलाई सम्मान

विश्वकर्माको नेतृत्वमा नाजाको बाँके शाखा, प्रदेश मन्त्री र पूर्व अध्यक्ष त्रिपाठीलाई सम्मान

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुजल त्रिपाठीनेपालगन्ज, २७ फागुन – अवधी पत्रकार संघ नेपाल (नाजा) ले जिल्ला शाखा बाँकेको १४ औं साधारण सभा तथा बाँके जिल्ला अधिवेशन आज शनिबार सम्पन्न गरेको छ ।लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवधी पत्रकार संघ नेपालले अवधी संस्कृति तथा पहिचानको लागि विगत १४ वर्षदेखि गर्दै आईरहेको कार्य सराहनीय भएको तथा संघलाई भवन बनाउन आफ्नो व्यक्तिगत तथा प्रदेश सरकारद्वारा सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।यसैगरी प्रदेश सभा सदस्य आदेश अग्रवालले समेत आफूहरु नवनिर्वाचित भईसके पश्चात सफथ ग्रहण गर्दा अवधी भाषामा नै सपथ ग्रहण गरेको तथा अवधी पत्रकार संघ नेपालले अवधी भाषालाई प्राथमिकतामा राखी गरेको कार्य सराहनीय भएको बताउनु भएको थियो । प्रदेश सांसद अग्रवालले समेत भवन निर्माणमा आफूले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।यसैगरी, नाजाका संस्थापक अध...
दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभार विजय

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, २६ फागुन - बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारमा सञ्चालन हुने दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगितामा बेलभारमा टाईगर टीम विजय तथा बेलभार फाइटर टीम उप विजय भएको थियो ।हाम्रो अभियान वडा भित्रको खेलाडी पहिचान भन्ने मुल नारासहित यही फागुन २४ गतेदेखि सञ्चालित दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न भएको आयोजकले जनाइएको छ ।खेलकुद विकासको विस्तार, खेल तथा खेलाडी दुबैको पहिचानको विकास गर्ने उद्देश्यका साथ एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना र जानकी गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको सहकार्य तथा जानकी गाउँपालिका बाँकेको समन्वयमा वडा स्तरीय क्रिकेट प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी दिनुभयो थियो ।प्रतियोगितामा बेलभारबाट सहभागी दुई ओटा टिम र बकोटियाबाट सहभागी एक ओटा टिम गरि ३ ओटा टिमले दर्ता गरेका थिए । भने प्रत्येक टिममा १४ जना खेला...