
सकिल अहमद राई
जानकी, १२ वैशाख, बाँकेको जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा (फुलपुरवामा) सोमवार आगलागी भएको छ । आगलागी सोमवार राती १२ बजे भएको थियो ।
आगलागीबाट गरिवपुरवा (फुलपुरवा)को मोंगरे खटिकको घरमा पूर्ण रुपमा क्षती पुगेको छ । साथै एकवटा खसी, २ वटा पानी तान्ने होन्डा पम्पसेट मेशिन, खाना पकाउने स्टोप, अरहर १ क्वीन्टल, धन ६ क्वीन्टल, मसुरो ५ लम्वर, मटर १० लम्वर, ताेरी ५ लम्वर, ८ हजार नगद आगलागीबाट नष्ट भएको छ ।
सोमवार आगो लागेको जानकारी पाएपछी पुगेका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा सदस्य अमरबहादुर मगर, वडा नं २ मेलमिलाप समितीका संयोजक आनन्द गौतमले पिडित परिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, खुर्सानी भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरेका थिए ।
राहत प्रदान गर्न पुगेका वडा अध्यक्ष गुप्ताले विपदमा परेका जनतालाई वडा अध्यक्षको हैसियतले आफ्नो व्यक्तिगतबाट गर्नुपर्ने सहयोगमा कुनैपनि कसर बाँकी नराख्ने बताए । उनले विभिन्न सँघसस्थाले पनि यस्तो विपद परेको बखतमा वडासँग समन्वय गरि सबैले आ आफ्ने तर्फबाट सहयोग गर्नुपर्ने समेत आफनो धारणा व्यक्त गरे ।
प्रहरी मुचुल्का अनुसार १ लाख ८० हजार क्षती भएको वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जानकारी दिए ।
घटनास्थलमा वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, मेलमिलाप संयोजक आनन्द गौतमले, वडा सदस्य अमरबहादुर मगर, जानकी २ प्रहरी चौकीका इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।
