Thursday, April 30सत्यम खबर
Shadow

जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै

सकिल अहमद राई
जानकी, २६ चैत – बाँकेको जानकी गाउँपालिकाले अपाड्डता भएका क्षेत्रमा लगानी बढाउँदै गएको छ । जानकी गाउँपालिकाको ६ वटै वडाभित्र रहेका अपाड्डता भएका व्यक्तीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उद्देश्यले घरघरमा पुगी व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो ।
जानकीको महिला तथा बालबालिका शाखाले १५ जना अपाड्डता भएका व्यक्तीहरुलाई व्हीलचेयर र ट्राई साईकल वितरण गरेको हो । १२ जनालाई व्हीलचेयर र ३ जनालाई ट्राई साईकल वितरण गरेको छ । घरमै आई व्हीलचेयर र ट्राई साईकल वितरण गरेकोमा अपाड्डता भएका व्यक्ती लगायत आफन्तजनहरुले खुशी व्यक्त गरेका छन । घर मै पुगेका पालिका अध्यक्षलाई अपाड्डता भएका व्यक्तीहरुले व्हीलचेयर र ट्राई साईकलका साथै आफुहरुलाई आर्थिक सहयोग पनि गरिदिन समेत आग्रह गरेका छन ।
घरघर मै गाउँमै पुगेर १ देखि ६ वटै वडामा जतिपनि अपाड्डता भएका व्यक्तीहरु छन उनीहरुलाई हिंड्डुल गर्न सहज होस भन्ने उद्देश्यले व्हीलचेयर र ट्राई साईकल वितरण गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनु भयाे ।
१५ जना अपाड्डता भएका व्यक्तीहरु मध्ये १२ जनालाई व्हीलचेयर र ३ जनालाई ट्राई साईकल वितरण गरेको जानकी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कल्पना शाहले जानकारी गराएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *