औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण
डुडुवा, ७ बैशाख – बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो ।वार्ड नंं. ४ अन्तर्गत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं ४ मा केही दिन अघि दुई जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासंगै सावधानीका लागि झुल वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्बेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि न...









