भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज
नेपालगन्ज, ८ भदाैं – मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गर्दै अवधी पत्रकार संघ नेपाल (नाजा)ले कजरी तीज पर्व २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष समीर अलि सलमानीले गरेका थिए भने नाजाका केन्द्रीय सदस्य चन्दा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।”
पत्रकार मह...









