अवधी संविधान हस्तान्तरण
काठमाण्डौ, १४ पुस – स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्यायतथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याएको छ । प्रकशित प्रतिलाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नु भएको छ ।
मन्त्रालयमा एक समारोहका विच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशन बारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधी भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अ...









