यस वर्ष महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय
नेपालगन्ज, ३० फागुन – नेपालगन्जमा विगत ५७ वर्षदेखि फागु पूर्णिमा ‘होली’ पर्वमा आयोजित हुँदै आएको महामूर्ख सम्मेलनको अध्यक्षता हिन्दुवादी नेता दिवाकर खनालले गर्ने निर्णय गरिएको छ ।
महामूर्ख सम्मेलनका अध्यक्ष विजयकुमार वैश्यको सभापतित्वमा आईतबार बसेको बैठकले २०७८ चैत्र ३ र ४ गते आयोजित हुने फागु पूर्णिमा ‘होली’ पर्वमा ५८ औं महामूर्ख सम्मेलन आयोजित गर्ने छलफल हुँदा नेपालगन्ज उद्योग वाणिज्य संघको भवन अगाडी ठूलो मञ्चमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने र हिन्दूवादी नेतासँग कार्यक्रमको अध्यक्षता गराई परम्परा अनुसार उनीको कदर सम्मान गर्ने समेत निर्णय गरिएको छ ।
महामूर्ख सम्मेलन समितिले यस अघि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’लाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर मंसुरीले यो अध्यक्षता आफूले गर्न नसक्ने भन्दै असहमति जनाउँदा संघका पदाधिकारी आदेश...









