Tuesday, November 4सत्यम खबर
Shadow

सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्याः दुई मुख्य आरोपी पक्राउ

सप्तरी, २ आश्विन – सप्तरी डाक्नेश्वरी–७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीहरू बलात्कारका मुख्य आरोपी हुन् । अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

दुवै जनालाई सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट पक्राउ गरिएको भारतीले बताए ।

घरदेखि पाँच सय मिटर टाढा खेतमा संगीतामाथि सोमबार सामूहिक बलात्कार भएको थियो । बलात्कार भए पनि न्याय नपाएपछि उनले त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन् ।

पञ्चायती गराएर जनहीँ २५–२५ हजार रुपैयाँ तिराउने फैसला गाउँलेले गरेपछि उनले आत्महत्या गरेकी थिइन् । पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार राति पक्राउ बलात्कारका मुख्य आरोपी दुईसहित पञ्चायती गराउनेहरू इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *