Friday, April 25सत्यम खबर
Shadow

विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

नेपालगन्ज, २४ चैत – भनिन्छ जहाँ विश्वास हुन्छ त्यहाँ जीवन हुन्छ । यसैको आधारमा दुई परिवारका बीच सम्बन्ध स्थापित भई बंश अगाडी बढाईन्छ । जहाँ एक परिवारको पक्षबाट केटा हुन्छ भने अर्को परिवारको पक्षबाट केटीलाई सामाजिक परम्परा अनुसार एक सुत्रिय बन्धनमा बाँधी पुण्य कमाईन्छ भन्ने मान्यता रही आएको छ ।

सोही विश्वासलाई आधार मानि श्रीमान श्रीमति बीच गहिरो प्रेम सम्बन्ध स्थापित भई जीवनयापन हुने गरेको कतिपय उदाहरण आज पनि समाजमा हेर्न पाईन्छ । तर जब विश्वासमा कुठाराघात हुन्छ त्यही बेला घर बेघर भई समाजमा नानाथरीका भनाईहरु आउने गरेको पाईन्छ ।

सोही विश्वासलाई आधार बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने नन्कु साहु तेलीले बर्दिया शान्तिपुर बस्ने माया चन्द बीच २२ वर्ष अगाडी सामाजिक परम्परा अनुसार सम्बन्ध स्थापित भई घरजाम गरेका थिए । उनीहरु बीच विश्वास, माया प्रेमले भरिपूर्ण सबथोक थियो । जसले गर्दा आज जेठो छोरा नेपाल आर्मीमा कार्यरत रहेको छ । माईलो छोरा भारतको महाराष्ट्रमा बसी कार्यरत रहेको छ भने कान्छो छोरा घर मै बसी बुवा–आमालाई सघाउने गरेको छ ।

तर २०८१ मंसिर २० गते अरुको बहकावामा आई ३ छोरा र श्रीमान छोडी अन्तै गएको खबरले श्रीमान नन्कु साहु तेलीलाई हाँगाबाट खसे जस्तै भएको बताउँछन् ।

पीडित श्रीमान नन्की साहु तेलीका अनुसार उनले मलाई दुःख परेको बेला कहिल्यै छोडेनन्, जस बेला घरमा खाना अपुग रहेको हुन्थ्यो, घर पनि खप्परले, वर्षायाममा पानी भरिभराऊ हुन्थ्यो । त्यति बेला साथ दिएको जीवन साथीले आज जब हाम्रो तिनै वटा छोराहरु जागिरमा सहयोग गरी आर्थिक स्रोत बृद्धि गरिसकेका छन् । तब उनी अरुको बहकावामा आई छोडेर गईन भनी दुःख व्यक्त गरेका छन् ।

पीडित श्रीमान तेलीका अनुसार अरुको बहकावामा आई उनी केही महिना अघि देखी नै प्लान बनाईरहेको बताउँदै उनले वडामा रहेको समूहबाट करीब ८ लाख रुपैया समेत ऋण निकालेका थिईन । जसको किस्ता उनी हुँदा दिएका थिईन भने उनी गईसकेपछि मलाई समूहले पटक पटक दुःख दिने गरेको बताउँछन् । पीडित श्रीमान्ले यस बारे जिल्ला प्रहरी कार्यालय बाँकेमा ‘खोजतलास गरी आवश्यक कारवाही गरी पाउँ’ भनी जाहेर समेत दिएका छन् ।

उनले जाहेरीमा समेत श्रीमतिले घरबाट लगेको नगद, गरगहना बारे खुलाएका छन् । पीडित तेलीका अनुसार केही दिन अगाडी भारतको बैंगलोरबाट माईलो छोरासित फोनमा कुरा गरी केही दिनमा आउँछु भनेकी थिईन तर हालसम्म नआएपछि बाध्य भई प्रहरी कहाँ जाहेरी दिन परेको दुःखेसो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *