Wednesday, April 8सत्यम खबर
Shadow

महिला पुरुष गरी १ सय ८५ जनाले गरे रक्तदान

नेपालगन्ज, २० चैत्र – ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा सहकारीका कर्मचारी, शिक्षक, बिद्यार्थी, स्वयंसेवी महिला पुरुष रक्तदाता गरी १ सय ८५ जनाले रक्तदान गरेका छन् ।

राप्ती सोनारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अगैयाको आयोजनामा र राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिको समन्वयमा राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिका कोषाध्यक्ष भूपेन्द्र खडकाद्वारा सञ्चालित, समितिका संयोजक जमान सिंह ओलीको अध्यक्षतामा, राप्ती सोनारी गाउँपालिकाकी काबा अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मनिषा सिंह थारुले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि मनिषा सिंह थारु, बिशिष्ट अतिथि तथा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनीराम खराल, राप्ती सोनारी गाउँपालिका सहकारी समन्वय समितिका संयोजक जमान सिंह ओली, उपसंयोजक गणेश बहादुर खत्री, जिल्ला सहकारी संघका सदस्य कृष्ण बिक, छबिकला कुमारी केसी, राप्ती सोनारी गाउँपालिका सहकारी शाखा प्रमुख गंगा ओली लगायतले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट कस्तान्तरण गर्नुभएको थियो ।

राप्ती सोनारी गाउँपालिका सहकारी शाखाकी प्रमुख गंगा ओलीका अनुसार æमर्यादित सहकारी/ समुन्नत समाजÆ नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अन्र्तगत ३९ सहकारी मध्ये २० वटा सहकारी रक्तदान कार्यक्रममा सहभागी भएका थिए । जनसेवा स्वलम्बन बचत तथा बहुउद्देश्यीय सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि., भूवँर भवानी कृषि सहकारी संस्था लि., संगिनी सामाजिक उद्यमी सहकारी संस्था लि., बन तथा बाताबरण बहुउद्देश्यीय सहकारी संस्था लि., जननी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लि., संघर्षशील सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लि., महिला जागरण सहकारी संस्था लि., प्रगतिशील सहकारी संस्था लि., साकार कृषि सहकारी संस्था लि., महालक्ष्मी कृषि सहकारी संस्था लि., खाद्यान्य तथा तरकारी उत्पादन कृषि सहकारी संस्था लि., सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्था लि., सिद्धेश्वर कृषक सहकारी संस्था लि., गौशाला कृषि सहकारी संस्था लि., बैजापुर सब्जी उद्यमी सहकारी संस्था लि., प्रभा कृषि सहकारी संस्था लि., कन्येश्वरी कृषका सहकारी संस्था लि., अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्था लि., परिवर्तनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लि.,का कर्मचारी, पदाधिकारी, शिक्षक, स्वयंसेवी रक्तदाता लगायत १ सय ८५ जनाले रक्तदान गरेका छन् ।


कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल र राप्तीसोनारी शाखाकी अध्यक्ष दिब्या गुरुङ्गको पनि सहभागिता । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुरका रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरा, सन्दिप आचार्य, निर्मला चौधरी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका महेश राना, ओम प्रकाश गोडिया, बीरेन्द्र योगीले प्राविधिक गर्नुभएको थियो भने अन्यमा राप्ती सोनारी गाउँपालिका सहकारी शाखाकी प्रमुख गंगा ओली र तुलसी सापकोटा लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *