Tuesday, March 31सत्यम खबर
Shadow

बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने

नेपालगन्ज, १७ चैत्र – होटल व्यवसायी संघ बाँके तथा होटल संघ नेपाल -हान) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ ।

नव वर्ष २०८३ को पावन अवसरमा बैशाख ११, १२ र १३ गते आयोजना हुन लागेको नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभलले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र पर्यटन प्रवद्र्धन, धार्मिक स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने, स्थानिय परिकारको पहिचान, होटल व्यवसायको विकास गर्ने छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भिœयाउने, तारे होटलका खानाहरुलाई एकै ठाउँबाट प्रवद्र्धन गरि यस जिल्ला नगरको व्यापारलाई चलायमान गर्ने उद्देश्य लिई यस फेस्टिभलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताईएको छ ।

होटल व्यवसायी संघ बाँके अध्यक्ष भिमलाल कंडेलका अनुसार धेरैजसो संघसंस्थाहरुसँग सम्झौता हुन बाँके रहेको हुँदा हाल आर्थिक लगानीबारे भन्न नसकेपनि बैशाख २ गतेसम्म सम्झौता सम्पन्न भईसकेपछि सम्पूर्ण सञ्चारकर्मीहरुलाई बोलाएर त्यसबारे जानकारी दिने बताउनुभयो ।

यसैगरी होटल संघ नेपाल, बाँकेका अध्यक्ष दिवाकर खनालले– यस फेस्टिबलको आयोजना नेपाल मै पहिलो पटक गर्न लागिएको छ । यसबाट यस क्षेत्रमा रहेको सानो, ठूलो होटल व्यवसायी मात्र नभएर कला क्षेत्रलाई समेत समेट्ने तयारी गरिएको बताउँदै पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने विश्वास रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सामाजिक सेवा, तथा आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखि गुणस्तरिय सेवा र सुविधा प्रदान गर्ने, लोक संस्कृति, कलाको विकास र उत्थानमा क्रियाशिल पर्यटन व्यवसायको अभिबृद्धिको उद्देश्य राखि होटल व्यवसायीहरुको हक अधिकारका लागि सक्रिय भूमिका निर्वाह गर्दै बताए ।

उक्त फेस्टिभल नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत सुर्खेतरोड, शुशिल कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा आयोजना गरिने जानकारी गराउँदै स्थानीय परिकार, संस्कृती तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना गरिने बताए ।

यस फेस्टिभलमा स्थानिय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थ साथै, स्थानीय कला, सँस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिनुका साथै कार्यक्रमले स्थानीय व्यवसायीहरुलाई प्रोत्साहन गर्ने तथा आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा पु¥याउने विश्वास लिएको बताईएको छ ।

फेस्टिभलमा सहभागी आगन्तुकहरुले विभिन्न प्रकारका खानाका स्टलहरु, लाईभ म्युजिक सांस्कृतिक प्रस्तुती र अफरहरुको अनुभव लिन सक्ने छन्, स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै नेपालगन्जलाई फुड डेस्टीनेशनका रुपमा चिनाउने मुख्य उद्देश्य रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *