Wednesday, April 8सत्यम खबर
Shadow

जागेश्वरको नेतृत्वमा थारु पत्रकार संघ नेपाल बाँके

नेपालगन्ज, २२ चैत्र – थारु पत्रकार संघ नेपाल बाँकेको पाँचौं जिल्ला अधिवेशनबाट जागेश्वर सिंह थारुको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको छ ।

शनिबार नवगठित कार्यसमितिमा उपाध्यक्ष लिला चौधरी, सचिव लक्ष्मी चौधरी, सहसचिव अमृता चौधरी र कोषाध्यक्ष सुविता थारू सर्वसम्मत रुपमा चयन गरिएको भगतराम थारुले जानकारी गराउनुभयो । थारुका अनुसार सदस्यहरूमा रूपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरीलाई चयन गरिएको छ ।

पूर्वअध्यक्ष थारुका अनुसार पाँचौं अधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्व चयनलाई संगठनभित्रको एकता र सहकार्यको प्रतीकको रूपमा लिइएको नवनिर्वाचित अध्यक्ष जागेश्वर थारुले बताउनु भएको बताए । पत्रकारको हकहित संरक्षण र पेशागत विकासमा जोड दिने प्रतिबद्धता गरेको जनाए ।

कार्यक्रममा विभिन्न पत्रकार तथा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने अधिकांश वक्ताहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीहरूबारे चर्चा गर्दै जिम्मेवार र निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *