Sunday, May 31सत्यम खबर
Shadow

समाज

मानव अधिकार समितिले सबै पालिकामा समन्वय समिति गठन गर्ने

मानव अधिकार समितिले सबै पालिकामा समन्वय समिति गठन गर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत - मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले सबै पालिकाहरुमा स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि सबै पालिकाहरुमा पत्राचार गर्ने निर्णय गरिएको हो । समितिको आज जिल्ला समन्वय समितिको सभाहल नेपालगञ्जमा सम्पन्न बैठकमा समग्र जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल समेत गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकारको संरक्षण र प्रबद्र्धनको अवस्थाका बारेमा छलफल गरिएको हो । मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलबस्तुको सहकार्य एवम् पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत सम...
स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ चैत - होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए । पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आ...
दोस्रो योगिनी गोल्ड कप : मानवी स्पोर्टस र एक्स आर्मी योगिनी गोल्डको क्वाटर फाइनलमा प्रवेश

दोस्रो योगिनी गोल्ड कप : मानवी स्पोर्टस र एक्स आर्मी योगिनी गोल्डको क्वाटर फाइनलमा प्रवेश

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २५ चैत – मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेडेन्ज टिम दोस्रो योगिनीगोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा मानवी स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा मानवीका लागि सुदिप विकले खेलमा निर्णायक गोल गर्नु भएको थियो । सुदिपले खेलको २१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा मानवीका सुदिप प्लेयर अफ द म्याच घोषित हुनु भयो । सुदिपलाई हरित सृजना सामुदायिक वन उपभोक्ता समिति सचिव गंगा शाही र स्थानीय समाजसेवी रामबहादुर महताराले पुरस्कृत गर्नु भयो । यसैगरी दोस्रो खेलमा एक्स आर्मी टिमले चन्द्र ज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थिय...
डुडुवामा कृषि विद्यालय भवन निर्माण हुँदै

डुडुवामा कृषि विद्यालय भवन निर्माण हुँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ चैत – डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्तर्गत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ । उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको अति दुर्गम तथा बाढी प्रभावित क्षेत्रलाई पर्यटनको रुपमा चिनाउन त्यस क्षेत्रको विकास गर्न लागिएको हो । कृषि विद्यालयका लागि चार कोठे भवनको निर्माण कार्य शुरु गरिएको छ । केही दिन अघि गाउँपालिका अध्यक्ष चौधरीले ४ कोठे भवनको शिलान्यास गर्नु भएको हो । डुडुवा–२ स्थित पशुपति माध्यमिक विद्यालय अन्र्तगत रहने गरी कृषि विषयको अध्ययन अध्यापनका लागि भवन निमार्ण गर्न लागिएको अध्यक्ष चौधरीले बताउनुभयो । करिब रु ७० लाखको लागतमा निर्माण शुरु भएको भवन असार मसान्तसम्म निमार्ण कार...
होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सव -स्थापना दिवस) को अवसरमा ‘पौवा स्वाद उत्सव–२०८२’ को आयोजना गर्ने भएको छ । होटल पौवाले आज मंगलबार पत्रकार भेटघाट कार्यक्रममा आयोजना बारे जानकारी गराउँदै नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य सत्कारको अनुपम संगमका साथ यही चैत्र २६, २७ र २८ गते उक्त कार्यक्रमको आयोजना हुने जनाएको छ । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरबमय १० वर्ष पूरा गरेको छ भने १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको पत्रकार भेटघाटमा जनाईएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखा...
दोस्रो योगिनीगोल्ड कप : राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी

दोस्रो योगिनीगोल्ड कप : राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी

अवधी, आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २४ चैत – राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रोयोगिनीगोल्ड कप फुटबल प्रतियोगिता सोमबार जित हासिल गरेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोलभएको थियो । २७ स्टारका निशान्त मगरले खेलको २६औं मिनेटमा आप्mनै पोस्टमा गोल गर्नु भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई जेष्ठ नागरिक सोकबहादुर खत्री र स्थानीय समाज सेवी तुलसी पुनले पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी सोमबारको दोस्रो खेलमा सीतापुर युनाईटेडले मोर्डन एफसीलाई २–० ले पराजित गरेको छ । सीतापुर युनाईटेडको तर्फबाट पहिलो गोल खेलको २५औं मिनेटमा सुजन शाही ठकुरीले गर्नु भएको थियो भने दोस्रो गोल अरुण चल...
गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत्र – गोपाल नीना फाउन्डेशन नेपालद्वारा विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । सोमवार आयोजित एक कार्यक्रमका वीच बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुर स्थित जयन्दू बाल सुधार गृहका बालकहरुका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले बाल सुधार गृहका प्रमुख किशोर शर्मालाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको हो । बाल सुधार गृहलाई हस्तान्तरण गरिएका खेल सामग्रीहरुमा भलिबल ४ थान, फुटबल ४ थान, भलिबल नेट १ थान, टेबुल टेनिस २ थान, क्रिकेट बल ब्याट सहित ६ थान, लुडो ३ थान, चेस ३ थान, स्किपिङ डोरी ५ थान, क्यारेम बोर्ड ३ थान, ब्याडमिन्टन २ सेट र तौल नाप्ने मेसीन १ थान रहेको छ । सो अवसरमा प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङले राज्यले बाल सुधार...
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ चैत – बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीका विभिन्न खोलाहरुमा अबैध नदीजन्य उत्खननबारे स्थालगत अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृतवको टोलीले राप्तीसोनारी अन्र्तगत गुलरी–ढलैया, जलालाघाट र टिकुलीपुर घाटको अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरित मनोमानी ढंङ्गले नदीको बहाब नै परिवर्तन गरि ग्राभेल बालुवा खनेको, खोलामा धेरै हैभी इक्युभमेन्टको प्रयोग गरी अबैध उत्खनन गरेको, अबैध तरिकाले बढी गहिराई खनेको लगायत भेटिएको समन्वय प्रमुख चौधरीले बताउनुभयो । सबै खोलामा अहिले अबैध तरिकाले मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन भईरहेकोले त्यसको नियन्त्रण तथा कारवाहीका लागि पहल गरेको उहाँले बताउनुभयो । अबैध उत्खननको नियन्त्रणका लागि स्थ...
सडनडेथमा आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित

सडनडेथमा आयोजक योगिनी ‘बी’ को रोमाञ्चक जित

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २३ चैत – आयोजक योगिनी युवा क्लब ‘बी’ ले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जित हासिल गरेको छ । योगिनी युवा क्लब ‘बी’ ले ब्रदर्श एफसी खजुरालाई सडनडेथमा हराएको हो । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा निर्धारित समय दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा दुबै टिमले ४–४ को बराबरी गोल गरेको थिए । पेनाल्टी सुटआउटमा पनि रोमाञ्चक बनेको खेलमा आठौ नम्बरमा आएका खेलाडी रितेश सुनारले निर्णायक गोल गर्दै योगिनीलाई सफलता दिलाउनु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका आयोजक योगिनीका गोलकिपर एवम् कप्तान सुरज थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरजलाई प्रतियोगिताको प्रायोजक हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष यामबहादुर थापा र प्रतियोगिताको इन्टरनेट पार्टनर टेकमाइन्ड प्रालीका बा...
कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ चैत्र - कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा केही दिनअघि हिन्दू मन्दिरमा भएको तोडफोडको विरोधमा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा निधन भएको छ। उनको निधनप्रति राष्ट्रिय एकता दलले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। दलले एक प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, भगवानसँग मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई पीडा सहने शक्ति प्रदान होस् भन्ने प्रार्थना गरिएको छ। प्रेस विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गर्दै यस्तो कार्यप्रति कडा शब्दमा भर्त्सना गरिएको छ। घटनालाई गम्भीर रूपमा लिँदै राष्ट्रिय ए...