क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन
नेपालगन्ज, ११ बैशाख – नेपालगन्जमा क्रियाशील पत्रकार महिला बाँकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो सार्वजनिक गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले पत्रकार महिलाको व्यावसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकार महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यावसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । साथै, सरकार...









