Sunday, May 31सत्यम खबर
Shadow

समाज

बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – भारतीय नागरिक नेपालमा बसी कारोबार गर्दै आईरहेको अवस्थामा ०६२/०६३ मा नेपाली नागरिकता बनाई विधिवत नेपाली नागरिक भई कारोबार गर्दै आएका बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ परेको स्रोतले दाबी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका अन्सारी यस अगावै समेत तस्करी मुद्दामा -भालुको पित्त, कस्तुरी) को अवैध कारोबारमा चाईनिज व्यक्ति टासीसँग मिलेमतो गरी बफरार भएका थिए पछि कानुन बमोजिम भएको बताए । पक्राउ परेका बर्कत अन्सारीको पुरानो घर बहराईच जिल्ला नाजिरपुरा टोल भएको स्रोतले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज भन्सार कार्यालयमा चोरी गरेको सिसिटिभि पुटेजको आधारमा पक्राउ गरी अभियुक्त बर्कत अन्सारीलाई चोरी मुद्दा लगाई थप अनुसन्धान भईरहेको बताएका छन् ।...
मन्त्री पाण्डे तथा मा. काफ्लेद्वारा भौतिक संरचनाको संयुक्त निरीक्षण

मन्त्री पाण्डे तथा मा. काफ्लेद्वारा भौतिक संरचनाको संयुक्त निरीक्षण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख - प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्य–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगन्जस्थित भौतिक संरचनाको संयुक्त रूपमा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए। मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे। खेलकुद क्षेत्रले अझसम्म पनि ग...
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ बैशाख – बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यन्वयनमा आउने भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो । विहीबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्था...
रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० सार्वजनिक

रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० सार्वजनिक

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ग, २ बैशाख – रोयल इनफिल्डको २०२६ गोवन क्लासिक ३५० मोडल आज बुधबार नेपालगन्ज शोरुममा जिल्ला ट्राफिक प्रमुख कनक शाहीद्वारा सार्वजनिक गरिएको छ । रोयल इलफिल्डको नयाँ मोडल सार्वजनिक गर्दै प्रमुख अतिथि एवम् जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले– वाईक राईडरहरुको पहिलो रोजाई रहेको विश्वासका साथै आउने समयमा यस मोडलको गाडीलाई लिएर छिटपुट आउने गरेको ट्राफिक गुनासोलाई सुधार गरी उपभोक्ताहरुले ट्राफिक नियमको पूर्ण पालन गरिने विश्वास व्यक्त गर्नुभयो । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर – केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा ३४९ सीसी Air–oil cooled sing...
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३० चैत – सितापुर युनाइटेड क्लबले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सितापुरले राईजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । सितापुर युनाइटेडको जितमा शम्भु थारु र संगम सारु मगरले १–१ गोल गर्नु भयो । शम्भुले खेलको ५५औं मिनेट र संगमले ६३औं मिनेटमा गोल गर्नु भयो । उपाधिसँगै विजेता सितापुर युनाइटेड क्लबले ५१ हजार रुपैयाँ र उपविजेता राईजिङ स्टारले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सितापुर युनाइटेडका अर्पण थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले नगद ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नु भयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सितापुर युनाइटेडका विवेक थारु,उत्कृष्ट रक्षक सितापुर युनाइटेडका विवेक थारु, उत्कृष्ट मिड फिल्डर राईजिङ स्टारका बसन्त पुन, उत्कृष्ट स्ट्राइकर सितापुर युनाइटेडका सुदिप राना मगरले प्राप्त गर्नु भयो । विधागत ...
राजकुमार बर्मा चौथो क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

राजकुमार बर्मा चौथो क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

आर्थिक, आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ चैत - बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ । बिजेता टिम नेपालगन्ज ८ ले नगद ५० हजार, मेडल र प्रमाण पत्रद्धरा पुरस्कृत भएको छ भने उपविजेता टिम जानकी ३ ले नगद २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको रमवापुर स्पोर्टस् क्लबका अध्यक्ष जोगराज बर्माले बताए । प्रतियोगितामा म्यान अफ द म्याच कुवर धनन्जय, बेष्ट ब्लर रुप भन्द कुर्मी, प्लेयर अफ द तुनामेन्ट रेशम शाही र बेष्ट बेष्टमेन्ट भिम कनोजियाले उपाधि पाएको आयोजकले जनाएको छ । खेल समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका वडा नंं. ३ का वडा अध्यक्ष राज कुमार बर्माले बिजेता र उपबिजेता टिमका खेल...
सुरु भयो पौवा स्वाद उत्सव

सुरु भयो पौवा स्वाद उत्सव

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ चैत - होटल पौवाको २० वटै शाखामा एकसाथ स्वाद उत्सव सुरु भएको छ । स्थापनाको १० औं वर्षको अवसर पारेर ग्राहकहरुलाई निशुल्क पौवाको स्वाद चखाउने उद्देश्यले स्वाद उत्सव आयोजना गरिएको होटल पौवाले जनाएको छ । ५ तारेको लक्ष्य सहित तिब्रगतिमा निर्माण भइरहेको पौवाको नेपालगन्ज शाखामा सञ्चालन गरिएको स्वाद उत्सवको एक कार्यक्रमका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले उदघाटन गरे । उत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ओलीले पौवाले छोटो समयमा आफुलाई नेशनल ब्राण्ड बनाउन सफल भएको बताए । उनले पछिल्लो समय धेरै उपभोक्ताहरुको पहिलो रोजाई होटल पौवा हुने गरेको बताउँदै यो विश्वासलाई कामय राख्न पौवा व्यवस्थापनलाई आग्रह गरे । होटल पौवा, नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले १० वर्षको अनुभवबाट सिक्दै ग्राहकलाई थप सन्तुष्टी र अपनत्व प्रदान गर्न पौ...
दोस्रो योगिनीगोल्ड कप :आयोजकयोगिनी ए र सितापुर युनाइटेड विजयी

दोस्रो योगिनीगोल्ड कप :आयोजकयोगिनी ए र सितापुर युनाइटेड विजयी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २६ चैत – सितापुर युनाईटेड दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित गरेको छ ।अर्को खेलमा योगिनी युवा क्लब -ए)ले केवाईसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा सितापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । सितापुरको लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर मानवीका सुदिप सुनारले २७औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा सितापुर युनाइटेडका गोलकिपर विवेक थारुले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई लुम्बिनी प्रदेश खेलकु...
डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २६ चैत – डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत पाँच शैय्याको आधारभुत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४ सै घण्टा सेवा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेशी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा तथा औषधी वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताउनुभयो । पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका विच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सिमित साधन स्रोतबाट आधारभ...
बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, २६ चैत - बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरिएको छ । ऐनलाई कार्यान्वयनका क्रममा नियमावलीको आवश्यकता अनुसार नियमावली तयार गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । उहाँले महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि ऐन कानूनको आवश्यकता भएकाले नीतिगत रुपमा पहल गरिएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । उपाध्यक्ष अधिकारीले यो ऐन र नियमावलीले हिंसा पिडित महिला तथा बालिकालाई न्यायका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ऐन कानूनबारे समुदायमा प्रचार प्रसारका लागि चेतना अभिबृद्धिको कार्य गर्ने बताउनुभयो । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा नियमावलीको मस...