१८ नं. वडामा २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको शिलान्यास
नेपालगन्ज, २४ बैशाख - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपककुमार बर्माले पशुपति नगर क्षेत्रमा रु २१ लाखको लागतमा निर्माण हुन लागेको २४५ मिटर आरसीसी नाला तथा सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ।
स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बर्माले वडा नं. १८ मा तीव्र रूपमा विकास निर्माणका कार्य अगाडि बढिरहेको बताउनुभयो। उहाँले यसअघि पनि विभिन्न टोल तथा क्षेत्रमा सडक, नाला तथा पूर्वाधार निर्माणका योजनाहरूको शिलान्यास गरिसकिएको र अधिकांश योजनाहरू निर्माणको चरणमा रहेको जानकारी दिनुभयो।
वडा अध्यक्ष बर्माका अनुसार चालु आर्थिक वर्ष भित्र वडा नं. १८ मा अझ डेढदेखि दुई दर्जनसम्म नयाँ सडक तथा पूर्वाधार योजनाहरू शिलान्यास गर्ने तयारी रहेको छ। “जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित विकास निर्माणलाई प्र...









