Wednesday, June 3सत्यम खबर
Shadow

रास्वपाका वडा नं. ५ को वडा सभापतिमा त्रिपाठी

नेपालगन्ज, २० जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला वडा स्तरीय अधिवेशन सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्लाको वडा अधिवेशनबाट वडा नं. ५ को सभापतिमा पंकजकुमार त्रिपाठीलाई चयन गरिएको छ ।

यसैगरी उपसभापतिमा बिरुन श्रेष्ठ, सचिवमा रामकृष्ण त्रिपाठीलाई सर्वसम्मत चयन गरिएको सभापति त्रिपाठीले जनाएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः विकासबहादुर थापा, बरकत अलि बेहना, मुन्ना नद्दाफ, किस्मतुन बेहेना, किरण वैश्य, सीता सुनार, सन्तोषकुमार तेली साहु, तथा गौस मोहम्मद हलुवाईलाई चयन गरिएको जनाईएको छ ।

नव निर्वाचित सभापति त्रिपाठीले दिएको जानकारी अनुसार उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत वडा अधिवेशन सम्पन्न हुनुका साथै थप ऊर्जा र मजबुतीका साथ पार्टी अगाडी बढ्ने बताए ।

सहभागी नेताहरुले जनताको विश्वास, सुशासन, पारदर्शिता र विकासको अभियानलाई अझ मजबुत बनाउँदै जिम्मेवारी सफलतापूर्वक पूरा गर्न नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *