सहज वातावरण बनाइदिने गाउँपालिकाको प्रतिवद्धता
राप्तीसोनारी, ३ आश्विन – राप्तीसोनारी गाउँपालिकाले जिल्लास्थित विभिन्न सरोकारवाला निकायसँग नदीजन्य पदार्थको ठेक्का ब्यवस्थापन सम्बन्धी प्रि–विड बैठक गरेको छ ।राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा शुक्रबार भएको छलफलमा उपस्थित सरोकारवाला निकायले आ–आफ्नो सल्लाह, सुझाव दिनु भएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि राप्तीसोनारीका विभिन्न खोला तथा नदीमा ठेक्का खुल्ला गरिसकेको छ । गत भदौं १९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको गाउँपालिकाले यही असोज १७ गते बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र असोज १८ गते दिउँसो १२ बजेसम्मका लागि बोलपत्र दर्ता गर्नुपर्ने अन्तिम मिति तोकेको छ ।
नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा ब्यवस्थापन गर्दा गाउँपालिकाले नीति÷नियम अनुसार गर्नुपर्ने सम्वद्ध सरोकारवाला निकायको सुझाव छ । निर्माण ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष सुरे...








