Saturday, August 1सत्यम खबर
Shadow

समाज

युनेस्को क्लबको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

युनेस्को क्लबको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ असोज – बाँके युनेस्को क्लवको ३१ औ वार्षिक साधारण सभा आईतवार विविध कार्यक्रमका साथ नेपालगन्जमा सम्पन्न भएको छ । सो साधारणसभाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले उदघाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख राणाले बाँके कै अग्रणी सामाजिक संस्थाको रुपमा स्थापित बाँके युनेस्को क्लबले कोभिड–१९ महामारी नियन्त्रणका लागि खेलेको भुमिका अतिनै सराहनीय रहेको बताउनुभयो । उहाँले गत तीन दसकदेखि सामाजिक काममा सक्रिय क्लबले बाँकेकको विपन्न र पिछिडिएकाहरुको शैक्षिक, आर्थिक र सामाजिक विकाससंगै थुप्रै चेतनामूलक कार्यक्रमहरु गरेको बताउनुभयो ।साधारणसभालाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले देश र जनतालाई समस्या परेको बेला गैर सरकारी संघ संस्थाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आएको जनाउँदै कोभिड–१९ को बेला गरेको कार्य त्यसको उदाहर...
देशभर थप एक हजार तीन सय पच्चिस जनामा कोरोना पुष्टि, दसको मृत्यु

देशभर थप एक हजार तीन सय पच्चिस जनामा कोरोना पुष्टि, दसको मृत्यु

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – आईतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ ।आज थप मृतक १० जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण भएको छ ।...
अपडेटः ४ महिलासहित ८ जना कोरोना संक्रमित

अपडेटः ४ महिलासहित ८ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – भेरी अस्पतालले दिउँसो ३ः५० बजेसम्म (२४ घण्टा) को पिसिआर रिर्पोट सार्वजनिक गरेको छ । आईतबार ४ महिलासहित ८ जना कोरोना संक्रमण देखिएका छन् । भेरी अस्पताल नेपालगन्जद्वारा आज आईतबार जारी गरिएको विवरण अनुसार बाँकेको नेपालगन्ज र कोहलपुरका कोरोना संक्रमित देखिएका छन् । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ भने बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९८ रहेको छ । योसँगै ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा ?

शिक्षा/स्वास्थ्य, समाज
सदीक्षा मुलेपतिपूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ । कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ । दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ । फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बाल–बच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ । व्यायामका फाइदाड्ड रोग प्रतिरोधात्मक क्षमता बढाउनेड्ड अंग(प्रत्यंग सक्रिय र बलियो राख्नेड्ड मनोवैज्ञानिक सन्तुलन कायम राख्नेड्ड तनावमुक्त बनाई राम्रो निद्रा लाग्नेड्ड आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्नेकेही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन कोभिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन् ।शारीरिक व्यायाममांसपेसीका...
संविधान दिवसका अवसरमा संविधान कार्यन्वयनमा जोड

संविधान दिवसका अवसरमा संविधान कार्यन्वयनमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ४ असोज– शनिबार संविधान दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाईँएको छ । २०७२ को असोज ३ गते संविधान सभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा नेपालगन्जमा संबिधान कार्यन्वयनका विषयमा सरोकारवालाको भुमिकाका विषयमा शनिबार भर्चुअल अन्तरसम्वाद कार्यक्रम गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्ब राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको उपलब्धीको रुपमा बनेको नेपालको संबिधानले सम्पुर्ण नागरिकको हितमा रहेकाले यसलाई पुर्ण रुपमा कार्यन्वयन गर्नमा जोड दिनुभयो ।लामो वर्षपछि जारी भएको सर्वमान्य संविधानले सबै कुरा समेटिएकाले सबैको हक अधिकारलाई उपभोग गर्नमा सहजता मिलेको भन्दै संविधानको प...
अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु

अपडेटः शनिबार बाँकेमा कोरोनाले थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – बाँकेमा शनिबार कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।नेपालगन्ज–२१ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राती ११.३० बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।भाद्र २० गते उनको स्वास्थमा समस्या भएपछि उनी भेरी अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्यही दिन दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । भाद्र २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई प्लाजामा थेरेपी, हाईड्रोक्जिन, सिपिएपि बाट उपचार गरिएको र भाद्र २५ गते उनलाई रिमडिसिभर नामक औषधि चलाईएको थियो ।उनको स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा उनलाई शनिबार भेन्टिलेटरमा राखिएको र सबै सम्भव उपचार दिँदा पनि उनको मृत्यु भएको भेरी अस्पताल स्रोतले जनाएको छ । दुबै तिरको फोक्सोमा निमोनिया उनको मृत्यु भएक...
अपडेटः ८ महिलासहित ४१ जना डिस्चार्ज हुँदै

अपडेटः ८ महिलासहित ४१ जना डिस्चार्ज हुँदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ आश्विन – आईतबार बाँकेबाट ८ महिलासहित ४१ जना कोरोना संक्रमित निको भइ घर फर्किने भएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतबार डिस्चार्ज हुनेहरुमा जिल्लाका विभिन्न स्थानका ८ महिला र ३३ पुरुष गरी जम्मा ४१ जना रहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई भाद्र २१ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।यो सँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या १ हजार २ सय ४४ पुगेको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २ जना समेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ९० रहेको छ भने भने ६ पुरुष र ४ महिला गरी १० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
देशभरी थपिए एक हजार दुई सय चार कोरोना संक्रमित, डिस्चार्ज एक हजार चार सय सैंतालिस

देशभरी थपिए एक हजार दुई सय चार कोरोना संक्रमित, डिस्चार्ज एक हजार चार सय सैंतालिस

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ आश्विन – शनिबार देशभर १ हजार २ सय ४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४५ हजार २ सय ६८ पुगेको छ । हाल देशभर १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।यस दिन १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यी सहित मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।...
बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ असोज –बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेसन अस्पताल आजदेखि बन्द भएको छ ।क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेसन सेन्टर बन्द गरिएको हो । प्रदेश ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिना देखि कोरोना बिशेष आईसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो । बाँकेमा सुबिधा सम्पन्न आईसोलेसन अस्पतालका रुपमा २ बेड भ्यान्टिलेटर, ६ बेड आईसियु सहित ५० बेडको कोरोना बिशेष आईसोलेसन अस्पताल बन्द भएसंगै त्यहाँबाट पाउने सेवा नेपालगन्जको भेरी अस्पतालमा दिईने छ ।सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले हाल सम्म क्यान्सर अस्पतालबाट कोरोना बिशेष आईसोलेन सेन्टरका रुपमा दिईने सेवा सुबिधा अब देखि भेरी अस्पतालले दिने बताए । उनले कोभिड १९ को जोखिम भएकै बेला क्यान्सरका बिरामीलाई पनि सेवा द...
सामाजिक सुरक्षामन्त्री प्रेसकाउन्सिलमा

सामाजिक सुरक्षामन्त्री प्रेसकाउन्सिलमा

राजनीति, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, ३ आश्विन – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादव प्रेस काउन्सिल पुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको छ ।केही मिडियाले अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि उहाँ आफैँ काउन्सिल पुग्नु भएको हो । भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडिया माथि कडा कारबाही हुनुपर्ने धारणा राख्नुभयो । पत्रकार आचार संहिता सम्बन्धी विषयमा केन्द्रित छलफलमा उजुरी, कारबाही बारे जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा उपप्रशाकीय अधिकृत रामशरण बोहराले आचार संहिता उल्लंघनको प्रकृति, कारबाही प्रक्रिया बारे जानकारी गराउनुभयो । मन्त्री यादवको तर्फबाट उपसचिव सुरेश राउतले एक अनलाइन विरुद्ध गत भाद्र २१ गते उजुरी दर्ता गराउनु भएको थियो ।सो अवसरमा प्रेस काउन्सिल सदस्य खिलबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल सहभागी हुनुहुन्...