नेपालगन्ज, ३ आश्विन – बाँकेमा शनिवार ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेशन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् ।
भाद्र २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
योसँगै बाँकेमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ हजार २ सय ३ पुगेको छ भने हाल ३ सय ३५ जना आइसोलेशनमा उपचाररत छन् । बाँकेमा ४ महिलासहित ९ गतेको मृत्यु भईसकेको छ ।