रहेनन् भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंह
नेपालगन्ज, ११ असोज – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ ।सिंहको आईतबार विहान ८२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि विरामी रहँदै आएका थिए ।
जसवन्त सिंहजसवन्त सिंह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।सिंह भारतको सत्तारूढ दल भारतीय जनता पार्टी(भाजपा)का संस्थापक सदस्य मध्येका एक हुन् ।आफ्नो राजनीतिक जीवनमा पाँचपटक राज्यसभा र चारपटक लोक सभा सदस्यमा निर्वाचित भएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । (एजेन्सी)...









