Monday, March 9सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज २३ महिलासहित ५० जना घर फर्किदै

नेपालगन्ज, १० असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका २३ महिलासहित ५० जना निको भई घर फर्किने भएका छन् ।
भाद्र २७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार ७ सय ७४ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ११ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५८ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.५४ रहेको छ भने बिरामी मृत्यु दर ०.६८ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १२ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *