Monday, June 1सत्यम खबर
Shadow

समाज

नेपालमा रोजगारीको अवस्था नहुनुले भारततर्फ मजदुर पलायन, सम्बन्धी पक्ष मौन

नेपालमा रोजगारीको अवस्था नहुनुले भारततर्फ मजदुर पलायन, सम्बन्धी पक्ष मौन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – बिहिबार बिहान नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड देखियो, भिड देखेर कोरोना महामारीको कुनै प्रवाह नै नरहेको वा चेतनामा कमी नै भएको बुझिन्थ्यो ।किन कोरोनाको डर छैन भन्दा होइन हजुर रोजगारीका लागि भारत जान लागेको भनी जवाफ आउँछ । कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा जयसिंह बोहराले भन्नुभयो– ‘कारण एउटै छ, रोजगारीको अवस्था नेपालमा नहुनु, कुनै रोजगारको बाटो सरकारमार्फत सिर्जना नगर्नु, घरेलु उद्योग, कलकारखानालाई सरकारद्वारा प्रोत्साहन वा बढावा नदिनु नै मान्न सकिन्छ’ भनी बताउनुभयो । कारण जे सुकै होस् तर यो तितो सत्य बाहेक केही होइन, हरेक नेपालीहरुको जीव...
‘सिमटम अनुसार औषधी उपचार गर्नुपर्छ’ अधिवक्ता ढकाल (तस्वीरबाट केही झलकहरु)

‘सिमटम अनुसार औषधी उपचार गर्नुपर्छ’ अधिवक्ता ढकाल (तस्वीरबाट केही झलकहरु)

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असोज – सत्यमखबर डटकम र समाज जागरण साप्ताहिकका कानुनी सल्लाहकार अधिवक्ता पूर्णप्रसाद ढकाल १० दिन मै कोरोना जिती बुधबार घर फर्केका छन् ।अधिवक्ता ढकालले आफ्ना सेवाग्राहीहरुलाई अग्रणी स्थानमा रही कानुनी सेवा प्रदान गर्ने क्रममा अदालतबाटै कोरोना संक्रमित भई छातीमा दुखेको र चेकजाँच गर्ने क्रममा कोरोना संक्रमित देखिएको थियो । अधिवक्ता ढकालको अनुभव अनुसार विगत १० दिनको भेरी अस्पताल बसाईमा धेरै जटिल समस्या रहेको पाईयो । मेरै आँखा अगाडी कोरोना संक्रमित ४ जनाको मृत्यु समेत भएको बताउनुभयो ।अधिवक्ता ढकालले भन्नुभयो– ‘कोरोना संक्रमित भई सकेपछि डाक्टरको सल्लाह अनुसार कार्य गरे, सञ्चो भईन्छ, कोरोनाबाट डराउनु पर्दैन तर सर्तकता भने अति नै अपनाउनु पर्ने हुन्छ, समय–समयमा डाक्टरले दिएको सल्लाहलाई आत्मसाथ गर्न सकियो भने कोरोना मजा जित्न सकिन्छ ।’ बताउनुभयो । उहाँले– ‘कोरोना सामान्य हो...
एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण

एक सय छब्बिस बालश्रमिक परिवारलाई खाद्यान्न वितरण

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ असोज – बाँके युनेस्को क्लबद्वारा नेपालगन्जका अति जोखिममा रहेका १ सय २६ जना बालश्रमिकका परिवारलाई खाद्यान्न राहात सामाग्री वितरण गरिएको छ ।विश्व शिक्षा इन्टरनेशनलको आर्थिक सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको सक्रिय परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरको समन्वयमा बुधवार नेपालगन्जका अति जोखिममा रहेका बालश्रमिकका १ सय २६ परिवारलाई खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । कोभिड १९ को महामारीको बेला अतिनै जोखिममा रहेका बालश्रमिकका परिवारलाई छाक टार्न सहयोग मिलोस् भन्ने उदेश्यले खाद्यान्न राहात वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।क्लबका अध्यक्ष राजेन्द्र चौधरीले अतिनै जोखिमपुर्ण अवस्थामा रहेका बालश्रमिकका परिवारलाई यो राहात सामाग्रीबाट केही दिनका लागि ठुलो सहयोग पुग्ने बताउँदै सहयोग उपलब्ध गराउने विश्व शिक्षाप्रति आभार...
डुडुवाद्वारा साग पदक विजेतालाई नगदसहित सम्मान

डुडुवाद्वारा साग पदक विजेतालाई नगदसहित सम्मान

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, ८ असोज – १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको छ । २०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सागमा डुडुुवा गाउँपालिका वडा नंं ५ का शुसिला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदमबहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम पहिचान गराएकोमा उहाँहरुलाई सम्मान गरिएको छ । गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरि दुबै जना खेलाडीलाई दोसल्लासहित कदर पत्र र नगद रु जनही ५० हजारका दरले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । चारै जना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गर्नुभयो । सम्मान गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट र...
गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
ललितपुर, ८ असोज – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनु भएको छ । नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर कोपअरेटिभस इन एशिया (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन सम्बन्धी प्रोजेक्ट एप्रेजल फर फाइनान्सिङ कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउँदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिनुभएको थियो ।कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवन...
अपडेटः बाँकेमा आज ४ महिलासहित १९ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ४ महिलासहित १९ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ४ महिलासहित १९ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र २५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ७ सय २ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ३ सय ५६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ४० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७९.६७ रहेको छ भने बिरामी मृत्यु दर ०.६५ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ११ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नरैनापुर गाउँपालिका वडा नं–३ बाँके जिल्ला स्थित बाबा बर्फानी मन्दिरका बाबा बर्फानीमाथि भएको सांघतिक हमलाप्रति हिन्दूवादी संघ, संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार हिन्दुवादी संघ, संगठनले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेपालमा साधु सन्तसहित सर्वसाधारण समेत सुरक्षित नरहनु दुभाग्र्यपूर्ण भएको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्बीहरुको आस्थासँग जोडिएको मर्ममाथि भएको आक्रमणले सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको घोर निन्दा गर्दै उक्त घट्नामा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको घठघरामा ल्याई प्रशासनमार्फत सार्वजनिक गर्न माग गरिएको छ । साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्त...
हाजी खुर्सिद अहमदको निधन

हाजी खुर्सिद अहमदको निधन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – राही टे«डर्स तथा राही मार्ट सञ्चालक तथा समाजसेवी हाजी खुर्सिद अहमदको निधन भएको छ । नेपालगन्जस्थित राही मार्टका सञ्चालक खुर्सिदको बुधवार बिहान उपचारका क्रममा निधन भएको छ । खुर्सिद नेपालगन्ज उद्योग बाणिज्यका एसोशिएट सदस्य रहेका छन् ।ब्यवसायी खुर्सिदको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दुःख ब्यक्त गरेका छन् । उनले खुर्सिदको निधनबाट नेपालगन्जको निजीक्षेत्रले एक असल व्यवसायी गुमाएको बताए ।...
अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भाद्र २९ गते नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारका लागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरिएको थियो । उपचार कै क्रममा बुधबार बिहान १०ः३० बजे बिरामीको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार म...
कोरेक्ससहित दुई जना पक्राउ

कोरेक्ससहित दुई जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – बाँके प्रहरीले अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थसहित २ जनालार्ई नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बेलुका डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवा बस्ने ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट २८ सि.सी. कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडी बरामद गरेको हो । पक्राउ परेको दुबै जना बिरुद्ध थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...