Monday, June 1सत्यम खबर
Shadow

समाज

७६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

७६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाबाट आएकी ७६ वर्षिय एक महिलाको मृत्यु भएको छ । मृतक जुनिचाँदे गाउँपालिका–५, जाजरकोट निवासी ७६ वर्षिय महिला हुन् । असोज ५ गते पिसिआर जाँच गराउने क्रममा असोज ६ गते पिसिआर रिपोर्टमा कोरोना संक्रमित देखिएकी ७६ वर्षिय महिलालाई होम आईसोलुसनमा राखिएको तथा केही दिनदेखि पित्त थैलीको बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ ।होम आईसोलुसनमा बस्ने क्रममा आज सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण् अस्पताल कोहलपुरमा कोभिड आईसोलेसन वार्डमा लैजाने क्रममा आकस्मात ऋबचमष्य एगmियलबचथ ब्चचभकत भएको कारण दिउँसो २ः१५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।यो सँगै जिल्ला बाहिरका मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।...
‘सहकारी समाजवादको पाठशाला हो’– बाँस्कोटा

‘सहकारी समाजवादको पाठशाला हो’– बाँस्कोटा

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १२ असाज – राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले सहकारी समाजवादको पाठशाला भएकाले राजनीतिक दलहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको तदर्थ समितिका संयोजक समेत रहेका बाँस्कोटाले सोमबार सहकारी बैंकले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । सहकारी जति सफल भयो समाजवाद त्यति दिगो हुन्छ, बाँस्कोटाले भन्नुभयो, संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य बनाउने भनेर मात्रै हुदैन, त्यसको विकासका लागि सहकारी क्षेत्रको प्रवद्र्धन अपरिहार्य छ ।जनतालाई आर्थिक रुपमा सक्षम बनाउनदेखि प्रजातान्त्रिक अभ्यासमा समेत सहकारीको महत्वपूर्ण भूमिका रहदै आएको छ, तर सहकारी क्षेत्रले जनतालाई वित्तीय रुपमा सक्षम बनाउन, सामाजिक रुपमा सचेत बनाउन खेलेको भूमिका प्...
देशभर सोमबार थपिए १ हजार ३ सय ५१ कोरोना संक्रमित

देशभर सोमबार थपिए १ हजार ३ सय ५१ कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको मन्त्रालयले जनाएको छ ।यस दिन १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ ।सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।...
र्याली अफ होप कार्यक्रममा बिश्व नेताहरु भने ‘सहकार्यबाट सबै समस्याको हल निस्कन्छ’

र्याली अफ होप कार्यक्रममा बिश्व नेताहरु भने ‘सहकार्यबाट सबै समस्याको हल निस्कन्छ’

आर्थिक, विदेश, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १२ असोज – संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रबर्धनमा आयोजित दोस्रो ¥याली अफ होप आईतबार सम्पन्न भएको छ । तीन घण्टासम्म चलेको कार्यक्रमलाई सउटोमे एण्ड प्रिन्सिपेका राष्ट्रपति इभारिस्तो कार्भाल्हो, कम्बोडियाली राष्ट्रसभाका अध्यक्ष सम्देच हेङ् सम्रिन, गणतन्त्र फिलिपिन्सका पूर्व सभामुख, जोसे डि भेनेसिया जुनियर, युरोपेली कमिसनका पूर्व अध्यक्ष जोसे मानुअल बारोसो, नाइजेरियाका पूर्व राष्ट्रपति गुडलक जोनाथन, पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, पूर्व अमेरिकी उपराष्ट्रपतिहरू रिचार्ड चेन्नी र डान क्वाले तथा पूर्व सिनेटर डान बर्टन, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.थोमस वाल्स लगायत १२ जना विश्वनेताहरूले सम्बोधन गरेका छन् । कोभिड–१९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा...
फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

अपराध, आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ ।राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पु¥याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो । गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने उल्लेख गरेको छ ।त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ ।यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो ।कोरोन...
अपडेटः बाँकेमा आज १० महिलासहित २९ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १० महिलासहित २९ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १० महिलासहित २९ जना निको भई घर फर्किने भएका छन् ।भाद्र २९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज सोमबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय २१ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ६३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५३ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८०.३४ रहेको छ भने बिरामी मृत्यु दर ०.७१ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
धमाधम लागुऔषध सम्बन्धी अनुसन्धानमा तानिदैं बलिवुडका चर्चित नायिकाहरू ! यस्तो छ वास्तविकता

धमाधम लागुऔषध सम्बन्धी अनुसन्धानमा तानिदैं बलिवुडका चर्चित नायिकाहरू ! यस्तो छ वास्तविकता

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्युभारत, १२ असोज – दीपिका पादुकोण बलिवुडकी सबभन्दा धेरै पारिश्रमिक पाउने कलाकार मध्ये एक हुन् । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ । गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो । उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ। यसै महिनाको सुरुमा राजपूतकी केटी साथी र प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो । उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन् । राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटना बारे थुप्रै खालका अनुमानहरू गरिएका छन् । नार्कोटिक्स क...
नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

नेपाल भारत सीमा खोल्न ज्ञापन पत्र

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, ११ असोज – नेपाल भारत सीमा तत्काल खोल्न राष्ट्रिय जनता पार्टी नरैनापुर बाँकेले नरैनापुर गाउँपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाल भारत सीमा बन्द लकडाउन रहेको कारण जनजीवन अस्तव्यस्त भएको र सीमा बन्दका कारण सामाजिक, आर्थिक, सांस्कृतिक समस्या उत्पन्न हुनुका साथै तस्करी एवं कालोबजारी समेत मौलाएको उल्लेख गरिएको छ । कोभिड–१९ को महामारी रोकथामको लागि नेपाल भारत सीमा बन्द गरिए पनि कोरोनामा कमी आउन नसकेको, अन्तर्राष्ट्रिय, राष्ट्रिय हवाई मार्ग सञ्चालनमा रहेको र सार्वजनिक यातायात समेत सञ्चालन भएको हुँदा नेपाल सीमा बन्द गर्नुको कुनै औचित्य नभएको राष्ट्रिय जनता पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पूर्व र दक्षिण भारतीय सिमानासँग जोडिएको नरैनापुरका आम जनसामुदायले स–सानो व्यापार ...
खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना जितेर घर

खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना जितेर घर

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ११ असोज – खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेर घर फर्किएका छन् ।जनताको काममा अहोरात्र खटिएकै बेला गत भदौ २८ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि उनी आज घर फर्किएका हुन् । परिवारका सदस्यलाई पनि कोरोना देखिएकाले अध्यक्ष कक्षपतिसहित परिवारका अन्य ५ सदस्य पनि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कोरोना जितेका अध्यक्ष कक्षपतिले अब फेरी निरन्तर खजुराको समृद्धि र विकासमा लाग्ने बताए । उनलाई खजुरा गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।...
कोरोना संक्रमित थप एक पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या १३

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु, बाँकेमा मृतक संख्या १३

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – कोरोना भाइरस संक्रमित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँके गाउँका ४७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आईतबार बिहान ५ः०० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई भाद्र ३१ गते अस्पताल भर्ना गरिएको थियो । भाद्र २९ गते गरिएको स्वाग परिक्षण गरिएको थियो भने भाद्र ३१ गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई प्लाज्मा थेरेपी र रेमडिसिभिर औषधि समेत दिइएको थियो ।उनको दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेह भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । मृतक नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको प्रशासनीक स्टाफ समेत रहेको बताइएको छ ।योसँगै बाँकेमा...