युनेस्कोद्वारा विपन्नलाई आयआर्जनका लागि सामाग्री सहयोग
नेपालगन्ज, १७ असोज – कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
कोभिड १९ का कारण अति जोखिममा रहेका बैजनाथ गाउँपालिकाका १ देखि ४ नम्बर सम्मका चार वटा वडाका २४ परिवारलाई विभिन्न सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले सो गाउँपालिकामा आठ वटै वडाका १ सय २८ परिवारलाई आयआर्जनका लागि विभिन्न सामाग्री सहयोग गर्ने योजना रहेको जनाउँदै सबैलाई क्रमशः वितरण गरिंदै जाने बताउनुभयो । एक परिवारलाई २५ हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको हो ।
...









