Tuesday, March 10सत्यम खबर
Shadow

देशभर २ हजार ७ सय २२ कोरोना संक्रमित

नेपालगन्ज, १६ असोज – शुक्रबार देशभर २ हजार ७ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् । एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।


पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।
यस अवधिमा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *