Thursday, September 25सत्यम खबर
Shadow

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, १५ असोज – कोरोना पुष्टि भएका थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ५२ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्ज र भेरी गंगा नगरपालिका–५, सुर्खेत निवासी ७५ वर्षिय महिलाको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत हुँदै मृत्यु भएको स्वाथ्य कार्यालय बाँकेका फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
योसँगै बाहिर जिल्लाबाट उपचारका क्रममा यहाँ आएर मृत्यु भएकाको संख्या ८ र बाँकेका मात्रै १७ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *