Monday, June 1सत्यम खबर
Shadow

समाज

बाँकेमा कोरोना कहरबीच २३ जनाको मृत्यु

बाँकेमा कोरोना कहरबीच २३ जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असोज – नेपालगन्ज र बाँके जिल्लामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पताल भर्ना भएका बाँके जिल्लाका १६ जना र अन्य जिल्लाका ७ जना गरी २३ जनाको मृत्यु भएको छ भने २१ जनाको अवस्था गम्भीर रहेको छ ।बाँके जिल्लामा कोरोना संक्रमण भई नेपालगन्ज स्थित भेरी अस्पतालमा बुधबार ६० जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको बुधबार अपराह्न १ जनाको मृत्युपछि ५९ जनाको उपचार भइरहेको छ । भेरी अस्पतालमा उपचार गराइरहेका ५९ जना कोरोना संक्रमित विरामीहरु मध्य १८ जनाको अवस्था गम्भीर रहेको, ३७ जनाको अवस्था मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको भेरी अस्पतालले जिल्लाको कोरोना संकट व्यवस्थापन समितिलाई जानकारी दिएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।त्यसैगरी नेपालगन्ज स्थित शिक्षण अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा बुधबार साँझसम्म ५२ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भ...
अपडेट : देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

अपडेट : देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, १४ असोज – बुधबार देशभर थप १ हजार ५ सय ५४ जना कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यी सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४ सय २८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।...
कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असोज – बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सार्वजनिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।योसँगै बाँकेमा कोरोनाबाट ५ महिलासहित १६ जना पुगिसकेका छन् ।...
‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – हिजो–आज नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड प्रसस्तै देखिने गरेको छ । सुरक्षा मापदण्डको कुनै प्रवाह बिना एक–आपसमा चिप्केर उभिएको तमाम प्रमाणहरु प्रष्ट देखिन सकिन्छ । बुधबार बिहान पनि सोही अनुसार देखियो । सीमानाकामा यस अनुसार भिड हुनु कुनै ठूलो कुरा होइन, कोभिड–१९ को महामारीको बेला भारतमा लकडाउन लागेपछि त्यहा“बाट नेपाल फर्किएका नेपाली कामदारहरुले अब पुनः भारततर्फ फर्किने हुँदा र फर्किंदा सीमानाका बन्द भएकोले यसप्रकारको भिड देखिएको हो । कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा हिमांसु गुरुङले भन्नुभयो– ‘कारण एउटै छ, भारत गई आफ्नो रोजगारी सुनिश्चित ...
बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, असोज १४ – ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपईडिहा बजार हाल आएर सुनसान देखिएको छ ।कोभिड–१९ महामारीका कारण यहाँस्थित नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको रुपईडिहा बजार हाल सुनसान भएको छ । सुनसान रुपईडिहा बजार, तस्वीरः सत्यमखबर नेपाली उपभोक्ताको भरमा ६ महिना अघिसम्म दैनिक ५ करोडसम्म व्यापार हुने रुपईडिहामा नेपाली जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।रुपईडिहा व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक ४ देखि ५ करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपईडिहामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताउनुभयो ।उहाँले ६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडा समेत तिर्न नसक्दा रुपईडिहाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा...
कोरोना भाइरस संक्रमितमा देखिन सक्ने ११ लक्षण, कस्तो लक्षण देखिए के खाने, के नखाने ?

कोरोना भाइरस संक्रमितमा देखिन सक्ने ११ लक्षण, कस्तो लक्षण देखिए के खाने, के नखाने ?

शिक्षा/स्वास्थ्य, समाज
कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ । कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ । मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित दीर्घ रोग भएका व्यक्तिहरु कोभिड १९ संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ । दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ । यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको विकल्प हो । यस महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन ...
अपडेटः बाँकेमा आज १७ महिलासहित ३४ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १७ महिलासहित ३४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १७ महिलासहित ३४ जना निको भई घर फर्किने भएका छन् ।भाद्र ३१ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ८७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ५ सय ४१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८१.६६ रहेको छ भने बिरामी मृत्यु दर ०.७९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
अपडेटः बाँकेमा आज १५ महिलासहित ४४ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १५ महिलासहित ४४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १५ महिलासहित ४४ जना निको भई घर फर्किने भएका छन् ।भाद्र ३० गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ६० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ५ सय ७ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ४८ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८१.२ रहेको छ भने बिरामी मृत्यु दर ०.७० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बाँकेमा कोरोना संक्रमित दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमित दुई जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असोज – बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका वडा नंं १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरेका छन् । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतकको घर दाङको घोराहीमा रहेको थियो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए । यो सँगै बाँकेमा ४ महिला सहित १५ जनाको मृत्यु भईसकेको छ ।...
संक्रमणदर भारतमा सबैभन्दा धेरै, विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख पार

संक्रमणदर भारतमा सबैभन्दा धेरै, विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख पार

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
एजेन्सी, १३ असोज – कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन् । उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन् ।जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् । विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन् । कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ । हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन लगायतका सुरक्षात्मक सावधानीले विश्वका धेरै मुलुकले आर्थिक मन्दीको सामना गर्नुपरेको छ ।यसैगरी यसका विरूद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएक...