Thursday, March 12सत्यम खबर
Shadow

५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

डुडुवा, १ कार्तिक – स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकिल वितरण गरेको छ ।


आज शनिबार एक कार्यक्रममार्फत डुडुवा गाउँपालिका वडा नंं १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकिल वितरण गरिएको छ । साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उहाँले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भुमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर्ने प्रतिबद्धता गर्नुभयो ।


गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकोले स्वास्थ्यमा सम्पुर्ण औषधी र ल्याबको निशुल्क व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, कार्यपालिका सदस्य लिलावति यादव, सुष्म यादव, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा विभिन्न स्वास्थ्य चौकीका इन्चार्जहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *