Thursday, March 12सत्यम खबर
Shadow

विश्वमा महामारी शान्तिका लागि यज्ञ

नेपालगन्ज, १ कार्तिक – कोभिड–१९ ले आक्रान्त बन्दै गएको मुलुक र विश्वमा महामारी शान्तिका लागि शुक्रबार नेपालगन्जमा यज्ञ गरिएको छ ।
गायत्री परिवार नेपालगन्जको आयोजनामा वैदिक विधि तथा विशेष किटनाशक मन्त्रहरुद्वारा सो यज्ञाहुती गरिएको हो ।


ब्रह्मबर्चस शोधसंस्थान, गायत्रीकुन्जद्वारा प्रस्तावित सो यज्ञ कार्यक्रममा विभिन्न क्षेत्रका गरि सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।


प्रविधी र विज्ञानको उच्च विकासका बाबजुद कोरोनाका कारण विश्वमा चुनौतीपूर्ण जटिल परिस्थिति सृजिएकाले एक सचेत नागरिकको युग धर्मानुसार सुरक्षा उपाय पनि अपनाउँदै वैदिक विधि र किटनाशक मन्त्रहरुले त्यसरी यज्ञ आहुती गरिएको आयोजकतर्फका डा.विजय प्रधानले बताउनु भएकोछ ।
गायत्री प्रज्ञा अभियान अमिलाकुट्टी, नेपालगन्जको परिसरमा उक्त यज्ञ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *