
नेपालगन्ज, २९ असोज – आडरा नेपालद्वारा ६०० थान भिटिएम र २०० थान डिजिटल थर्मोमिटर कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण गरेको छ ।
जिल्लमा भिटिएम किड्स र डिजिटल थर्मोमिटरको अभाव भइरहेको बेला आडरा नेपाल संस्थाले सो सामाग्रीहरु हस्तान्तरण गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार उक्त सामाग्रीहरुमा भिटिएम निशुल्क रुपमा पिसिआर जाँचको लागि प्रयोग गरिने र डिजिटल थर्मोमिटर आइसोलेसनमा रहेका बिरामीहरुमा ज्वरो नाप्नको लागि आइसोलेसन अस्पताल र केन्द्रमा प्रयोग गरिने जानकारी गराउनुभयो ।
भिटिएम किड्स र डिजिटल थर्मोमिटर बुझ्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबांङ्गले सहयोग गरेकोमा आडरा नेपाल परिवारलाई धन्यबाद दिनुभयो । समाजमा समस्या परेको बेला सहयोग गर्ने मनहरुलाई नमन गर्नुपर्छ भन्दै आउँदो दिनहरुमा पनि यस्ता कार्यहरु गरिरहन आग्रह समेत गर्नुभयो ।
