
नेपालगन्ज, ३० असोज – ‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने, तिमिमा अभिनन्दन’ यो नारा ६५ औ प्रहरी दिवसको हो ।
शुक्रबार दिवंगत अमर प्रहरी र उनका परिवारलाई सम्झदै सम्मान अर्पण गर्दै ६५ औं प्रहरी दिवस मनाएको छ ।

दिंवगत अमर प्रहरीको सम्झनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा निर्माण गरिएको सहिद स्मारकको उद्घाटन समेत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले अमर प्रहरीको योगदान बिर्सन नसकिने बताउनुभयो ।

उहाँले प्रहरीको दिनरातको सुरक्षाले आम सर्वसाधारण चयनसँग बस्न पाईरहेको धारणा राख्नुभयो ।
त्यस्तै जिल्ला प्रहरी प्रमुख बाँकेका प्रमुख ओमबहादुर रानाले सर्वसाधारणको सहयोग र समन्वयका कारण प्रहरीको काममा सफलता मिलिरहेको बताउनुभयो । साथै उहाँले अमर प्रहरीको योगदान उच्च रहेको बताउनुभयो ।
दिवसका अवसरमा अमर प्रहरीको परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

