Sunday, April 26सत्यम खबर
Shadow

कोरोना संक्रमित थप एकको मृत्यु

नेपालगन्ज, ३० असोज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।


चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड देखिएको अस्पतालले जनाएको छ ।
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जनाको बाँकेमा मृत्यु भएको छ । बाँके मै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *