
राप्तीसाेनारी, २४ पाैष – राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऎडीलाई बिदाइ गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत ऎडीको इन्द्रवती गाउँपालिका सिन्धुपाल्चोक सरुवा भएको छ । सरुवा भएपछि गाउँपालिकाबाट बिदाइ गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत ऎडीलाई कार्यवाहक अध्यक्ष मनिसा सिंह थारुद्वारा मायाको चिनो प्रदान गर्दै खादा लगाएर बिदाइ गरिएको छ ।
संघीयता कार्यान्वयन गर्न हामी जनप्रतिनिधि जत्ति नै कर्मचारीहरुको पनि ठुलो योगदान रहेको भन्दै २० महिनाको बसाईँले राप्ती सोनारी गाउँपालिकाको विकासमा ऎडीको अहम भूमिका रहेको उल्लेख गर्दै आगामी यात्राको शुभकामना सहित आभार प्रकट गरेकी थिइन् ।
विदाई कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थारुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ऎडीको योगदान प्रशंसनीय रहेको बताइन् । उनले पालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा योगदान अतुलनीय रहेको उल्लेख गरेकी थिइन् ।

उनले भनिन – `प्रमुख प्रशासकीय अधिकृत एडी लामो समयदेखि सेवा प्रवाह गर्दै आएकाले यस क्षेत्रको विकासमा उहाँको चासो र चिन्ता बढि नै थियो, त्यसैले गाउँपालिकाले उहाँको योगदानलाई विशेष रुपमा सम्झीरहनेछ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऎडीले आफु सरुवा भएर गए पनि राप्ती सोनारी गाउँपालिकाको विकासमा सधैं साथमा रहने प्रतिबद्वता जाहेर गरेका छन् । आगामी दिनमा यसै गरि सहकार्य गर्ने आशाका साथै काममा सहयोग र सहकार्य गरेकोमा धन्यवाद समेत उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका लेखा अधिकृत गौरब लामिछानेले प्रमुख प्रशासकीय अधिकृत ऎडीलाई मायाको चिनो दिदै आगामी दिनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, पालिका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
