Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

छोराको सम्झनामा रोका दम्पत्तीले खानेपानीकोे धारा निर्माण गरे

छोराको सम्झनामा रोका दम्पत्तीले खानेपानीकोे धारा निर्माण गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले छोराको स्मृतिमा पिउने पानीको धारा निर्माण गर्नु भएको छ । जेष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको छ । स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गर्नुभयो । स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरि उनीहरुको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताउनुभयो । २६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।...
अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

अनेमसंघद्धारा हिंसा विरुद्ध गीत प्रतियोगिता सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र - अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिजगित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नेपालगन्ज वडा नं.९ प्रथम गीता अर्यालको टिम दुतिय, निर्मला विसीको टिम तृतीय, कमला गौतमको टिमले शान्तवना पुरस्कार पाएको छ । अनेमसंघ अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको तीजगीत प्रतियोगितामा अनेमसंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज विना ज्ञवालीले महिलाहरुलाई चेतना जगाउने र परम्परा र संस्कृतिलाई जोगाइ राख्न मौलिक गितको ठुलो महत्व हुने कुरामा जोड दिदै महिला एकजुट भएर अगाडि बढ्न सुझाव दिनुभयो । नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले माइति टाढा हुनेहरुलाइ यसरी जम्मा गरेर तिज मनाउन पाउँदा टाढा माइति भएका महिलाहरुलाई माइतिको याद मेटाउने बता...
‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’ मेयर आचार्य

‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’ मेयर आचार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १५ भाद्र – ‘निरन्तर शिक्षाका लागी पुस्तकालय’ भन्ने आर्दश वाक्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शनिबार आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएकाले यसलाई जोगाउनु पर्ने बताए । उनले पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाज उठेका विभिन्न विषयमा बसह चलाउनु धारणा राखे । उनले आगामी दिनमा कोहलपुर नगरपालिकाले पुस्तकालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । विभिन्न व्यक्तिले समाजमा पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेकोमा नगरप्रमुख आचार्यले खुुसी व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि तथ जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले दीर्घकालसम्म पनि भाषा, कला, साहित्य, संस्कार, संस्कृति ल...
नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

नेकपा एमाले १२ नम्बर वडा कमिटीद्वारा चेलीबेटीलाई तिजको दर

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बाँके जिल्लाको विभिन्न भागमा एक सातादेखि हरितालिका तिजको रौनक छाएको छ । नेपाली नारीहरुको साँस्कृतिक पर्व तिजको अवसरमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, वर्गीय संगठन, सामाजिक संघ संस्थाहरुद्वारा शुभकामना आदान प्रदान तथा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमहरुको आयोजना गरिएको हो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कमिटीको आयोजनामा वडाका चेलीबेटीहरुलाई सहभागी गराई तिजको शुभकामना आदान प्रदान, चेतनामूलक गीत नृत्य प्रदर्शन तथा दर खुवाउने कार्यक्रम सम्पन्न भयो ! वडा नं. १२ कमिटीका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इञ्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, लुम्बिनी प्रदेश सदस्य मिना ढकाल, हिरा खराल, जिल्ला कमिटी सदस्यद्वय कृष्णकुमार थ...
“निरन्तर शिक्षाका लागि पुस्तकालय”

“निरन्तर शिक्षाका लागि पुस्तकालय”

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ भाद्र – १७ औं राष्ट्रिय पुस्तकालय दिवस “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुख्य नाराका साथ ¥याली सहित आज शनिवार नेपालगन्जमा मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ रानीतलाउ स्थित रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको ¥यालीमा विभिन्न नारा सहित नेपालगन्जका महेन्द्र नमूना माध्यमिक बिद्यलाय, सरस्वती माध्यमिक बिद्यलाय, नारायण नमूना माध्यमिक बिद्यालय र मंगल प्रसाद नमूना माध्यमिक बिद्यालयका छात्र–छात्रा, महेन्द्र पुस्तकालयका पदाधिकारी, कर्मचारी आजीवन सदस्यहरुको सहभागितामा त्रिभुवन चौक,ं त्रिबेणीमोड, न्यूरोड स्थित भानुभक्त चौक हुदैं पुन पुस्तकालयमा पुगेको थियो । महेन्द्र पुस्तकालय नेपालगन्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले ब्यानर वाचन गरेर कार्य...
नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा भएको छैन् । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्य...
कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्र कृष्णनगर, १४ भाद्र - नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकी थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्णकुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेशकुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजयकुमार गुप्तालगायत वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगा...
बाजुरामा नेपाल स्वयंसेवी रक्तदाता समाज

बाजुरामा नेपाल स्वयंसेवी रक्तदाता समाज

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – बाजुरा जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठनार्थ एक भेलाको आयोजना गरियो । बुढीगंगा नगरपालिकामा, जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी हेमकान्त पौडेलको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा भेलामा नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वयः चक्र थापा, मदन रोकाया र भानुदय माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर थापा लगायतको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियोे । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमकान्त पौडेल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सदस्यद्वयले संयुक्त रूपमा खादा र टीका लगाएर स्वागत एवं सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता ...
राष्ट्रिय कोडिङ प्रतियोगिता आदिम कलेज, दूर शिक्षा र आईसीटी फ्रेम म्यागजिन बीच सहकार्य

राष्ट्रिय कोडिङ प्रतियोगिता आदिम कलेज, दूर शिक्षा र आईसीटी फ्रेम म्यागजिन बीच सहकार्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १४ भाद्र – राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूर शिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालि बीच औपचारिक रूपमा समझौता पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सीप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको आईटी शिक्षामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ । मार्गदर्शन कार्यक्रमः आदिम कलेजले आफ्नो स्नातक कार्यक्रमबाट बालबालिकाहरूलाई कोडिङ प्रतियोगितामा सहभागी गराउन आईटी विद्यार्थीहरू छान्ने छ । दूर शिक्षाले आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउने छ भने आईसीटी फ्रेम म्यागजिनले व्यापक सहभागिता सुनिश्चित गर्न प्रवर्द्धन र प्रचारको जिम्मा लिएको छ । तालिम र विकासः दूर शिक्षाले छानिएका मार्गदर्शकहरूलाई कोडिङ, एल्गो...
ज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान

ज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा रक्तदान गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरको आयोजनामा उक्त रक्तदान गरिएको हो । ज्ञानोदय सामुदायिक पुस्तकालयको प्राङ्गणमा भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सचिव एकराज शर्माले जानकार दिए । कोहलपुर नगरपालिका वडा नम्बर–११ की वडाअध्यक्ष कल्पना अधिकारीले रगत संकलन गर्ने प्याकेट रेडक्रसका कर्मचारीलाई प्रदान गर्दै रक्तदान कार्यक्रम आरम्भ भएको थियो । ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए । उनका अनुसार दिवसको अवसर पारेर भदौ १ गते १४ विद्यालयका विद्यार्थी सम्मेलित खुल्...