
काठमाण्डौ, १४ भाद्र – राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूर शिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालि बीच औपचारिक रूपमा समझौता पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सीप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको आईटी शिक्षामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
मार्गदर्शन कार्यक्रमः आदिम कलेजले आफ्नो स्नातक कार्यक्रमबाट बालबालिकाहरूलाई कोडिङ प्रतियोगितामा सहभागी गराउन आईटी विद्यार्थीहरू छान्ने छ । दूर शिक्षाले आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउने छ भने आईसीटी फ्रेम म्यागजिनले व्यापक सहभागिता सुनिश्चित गर्न प्रवर्द्धन र प्रचारको जिम्मा लिएको छ ।
तालिम र विकासः दूर शिक्षाले छानिएका मार्गदर्शकहरूलाई कोडिङ, एल्गोरिथम विकास र समस्या समाधानमा विशेष अनलाइन तालिम प्रदान गर्ने छ । यस तालिममा युवा कोडरहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न आवश्यक सीप प्रदान गर्न प्रयोगात्मक कार्यहरू समावेश हुने छन् ।
प्रतियोगिता र कार्यक्रमहरूः आदिम कलेज र दूर शिक्षाले संयुक्त रूपमा बालबालिकाहरूका लागि नियमित कोडिङ प्रतियोगिताहरू आयोजना गर्ने छन् । यी प्रतियोगिताहरूको विषय वस्तु, संरचना र मूल्याङ्कन मापदण्ड तीनवटै पक्षहरू मिलेर निर्धारण गर्ने बताइएको छ । आईसीटी फ्रेम म्यागजिनले आफ्नो च्यानलहरू मार्फत यी कार्यक्रमहरू प्रकाशन गर्नेछ ।
समझौता पत्रका मुख्य उद्देश्यहरूः
यो सहकार्यले बालबालिकाहरूका लागि आयोजना गरिने कोडिङ प्रतियोगिताहरूको गुणस्तर र पहुँच वृद्धि गर्दै आदर्श कलेजका आईटी विद्यार्थीहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । प्रत्येक संस्थाको बलियो पक्ष र विशेषज्ञतालाई सदुपयोग गरी यो एमओयूले नेपालको युवा माझ आईटी सीप विकासलाई प्रवर्द्धन गर्ने र उनीहरूलाई प्रविधि क्षेत्रमा भविष्यका अवसरहरूको लागि तयार गर्ने लक्ष्य छ ।
एमओयूमा निम्न प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्
आदिमकलेजरुशंकर प्रसादशर्मा, सिइओ । वि.स. २०७१ मा स्थापनाभई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त आदर्श कलेज नेपालको सूचना प्रविधि शिक्षा क्षेत्रको अग्रणी संस्थाको रूपमा मान्यता प्राप्त छ ।
दूरशिक्षा रुकृष्ण पाण्डे, सिइओ । सन् २०२० मा स्थापना भएको दूर शिक्षाले डिजिटल मार्केटिङ, क्लाउड कम्प्युटिङ, परियोजना व्यवस्थापन, डाटा साइन्स र आईटी सेवा व्यवस्थापन जस्ता क्षेत्रहरूमा अनलाइन तालिम प्रदानगर्नमा विशेषज्ञता राख्दछ ।
आईसीटी फ्रेम म्यागजिन प्रालिः रवीन्द्र गौली, आउट्रिच अफिसर । आईसीटी फ्रेम म्यागजिन नेपालको अग्रणी आईटी र प्रविधि प्रकाशन हो । यो प्रकाशनले प्रविधिक विकास र शिक्षा प्रवर्द्धनमा समर्पित छ ।
कसरी सहभागिहने ?
कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूर शिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ ।
कम्पिटिसनमा सहभागीहुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूर शिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत निःशुल्क सिकाउने छन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनु पर्ने छ ।
अनलाइनमा प्राप्त परियोजना मध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरू बीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनु पर्छ ।
यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउने छन् ।
साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउने छन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्तगर्नेछन् ।
आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउने छन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।