Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लानु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । १७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजित लागुपदार्थ दुव्र्यसनी विरुद्धको बृहत ¥यालीको समापन समारोहमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । ज्ञानको अपार भण्डारण रहेको पुस्तकालयको उपयोगिता र यसप्रतिको महत्वलाई विकास गर्न सके पुस्तौँ पुस्ताका लागि पुस्तकालय लाभदायि हुने उनीहरुको भनाईछ । समाजमा ब्याप्त लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसप्रति किशोर किशोरीलाई आर्कषित गराउन पढ्ने बानीको विकास गराउनतर्फ लाग्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले जोड द...
वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
वालिङ, १४ भाद्र – वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यति वेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगर प्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ । सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । आज पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकमलुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यकभन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रतिझनै शंका पैदा गरेको छ । आज सार्वजानिक गरेको बजेट उपप्र...
मानवसेवामा तल्लिन आश्रमको वार्षिकोत्सवमा २४ शाखामा रक्तदान

मानवसेवामा तल्लिन आश्रमको वार्षिकोत्सवमा २४ शाखामा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – यहाँ स्थित मानवसेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी र ६ जना स्काउट सहित ३३ जनाले आज बिहीवार रक्तदान गरेका छन् । मकवानपुरमा केन्द्रिय कार्यलय रहेको मानव सेवा आश्रमको नेपालगन्जस्थित सेवा आश्रमले पनि आश्रमको परिसर भित्र आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । १९ जिल्लाका २४ वटा शाखा कार्यालयबाट आज एकसाथ रक्तदान गरिएको छ । देशभरका २४ शाखामा १ हजार ८ सय जना असहाय रहेको छ भने नेपालगन्ज स्थित मानव सेवा आश्रममा ५५ जना असहायहरु आश्रित रहेको नेपालगन्ज शाखाका प्रमुख उर्विन सापकोटाले जानकारी दिनु भयो । नेपालगन्ज स्थित मानव सेवा आश्रममा आश्रित बेसहाराहरुको लालन पालन, स्वास्थ्य लगायतका सेवा गर्दै सडकपेटिमा अलपत्र परेका असहाय, अशक्त, बेसाहरा, अभिभावक तथा आमाबुवा बिहिन व्यक्तिलाई मानव सेवा आश्रमले सहारा दिँदै आएको छ ...
ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दाङ, १४ भाद्र – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउ“दा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताउनु भएको हो । ९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई संगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताक...
बस दुर्घटनाः मृतकको संख्या तीन

बस दुर्घटनाः मृतकको संख्या तीन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, आज भएको बस दुर्घटनाका घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते मध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए । बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो । अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ । घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन् । दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएको थियो । कोहलपुर–नेपालगन्ज सडक खण्डमा ...
चीन र फिलिपिन्स फेरि आमने सामने

चीन र फिलिपिन्स फेरि आमने सामने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ भाद्र – दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरै द्वन्द्वहरू भइसकेका छन् तर गत हप्ता सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएपछि अवस्था बिग्रियो । यसबारेमा फिलिपिन्स र चीनले एकअर्कामाथि एकअर्काको जहाजमा प्रहार गरेको आरोप लगाएका छन् । यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरेको छ । यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल (लगभग १३८ किलोमिटर) र चीनबाट करिब ६३० समुद्री माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ । अगस्ट १९ मा सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएका थिए । यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि सोलको दाबी गर्दै आए...
बस दुर्घटनामा सहचालकसहित दुई जनाको मृत्यु

बस दुर्घटनामा सहचालकसहित दुई जनाको मृत्यु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – आज नमस्ते काटेज अगाडी भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जनाएका छन् । सन्तोष भूसाल बसका सहचालक हुन् । प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरू मध्ये भेरी अस्पतालमा ५ जनाको कोहलपुर मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ । एक जना डिस्चार्ज भइसकेका छन् । दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर – नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भई आज बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो । प्रवक्ता डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्ड मै पल्टिएको थियो । चालक प्रहरीको नियन्त्...
नेपालगन्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगन्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०÷८१ मा प्रथम भएको हो । अघिल्लो बर्ष उदयपुर दोस्रो स्थानमा थियो । यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ । यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएका छन् । आर्थिक बर्ष २०८०÷८१ मा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको समापनमा उपप्रमुख कमरुद्दिन राईले उत्कृष्ट स्वास्थ्य चौकी र सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान एवम् पुरस्कृत गरेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्...
चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो । जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन । जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा ...
परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्...