अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
नेपालगन्ज, १९ भाद्र – बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ ।
अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीको सन्दर्भ पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षारोपण गरिएको हो ।
मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँका १७ जना विद्यार्थीलाई कापी कलम, झोला लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।
स्व. अर्जुन रोकाका पिता चोकबहादुर, आमा खिमा सहितका परिवारका सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर बिसी, देबराम विसी, प्रधानाध्यापक चित्रबहादुर बिष्ट लगायतको उपस्थितीमा छात्रबृत्ति बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गोविन्द शर्माले जानकारी दिनुभयो ।
जन्मयजयन्तीको सन्दर्भ पारेर बुधबार नै खजुरा ४ नम्बर वडा कार्यालय, मनकामना ने...









