
नेपालगन्ज, १४ भाद्र – बाजुरा जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठनार्थ एक भेलाको आयोजना गरियो ।
बुढीगंगा नगरपालिकामा, जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी हेमकान्त पौडेलको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा भेलामा नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वयः चक्र थापा, मदन रोकाया र भानुदय माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर थापा लगायतको आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियोे ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमकान्त पौडेल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सदस्यद्वयले संयुक्त रूपमा खादा र टीका लगाएर स्वागत एवं सम्मान प्रदान गर्नुभएको थियो ।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिनु भएका बाजुरा जिल्लाका सरिताकुमारी रावललाई कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजको आजीवन सदस्यता प्रमाण पत्र, परिचय पत्र र संस्थाको ब्याच प्रदान गर्नु भएको थियोे ।
उक्त भेलाले आगामी कार्तिक महनिाको पहिलो हप्ता नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन गर्नका लागी हिक्मतबहादुर थापालाई संयोजक चयन गरिएको छ ।