Tuesday, October 22सत्यम खबर
Shadow

“निरन्तर शिक्षाका लागि पुस्तकालय”

नेपालगन्ज, १५ भाद्र – १७ औं राष्ट्रिय पुस्तकालय दिवस “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुख्य नाराका साथ ¥याली सहित आज शनिवार नेपालगन्जमा मनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ रानीतलाउ स्थित रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको ¥यालीमा विभिन्न नारा सहित नेपालगन्जका महेन्द्र नमूना माध्यमिक बिद्यलाय, सरस्वती माध्यमिक बिद्यलाय, नारायण नमूना माध्यमिक बिद्यालय र मंगल प्रसाद नमूना माध्यमिक बिद्यालयका छात्र–छात्रा, महेन्द्र पुस्तकालयका पदाधिकारी, कर्मचारी आजीवन सदस्यहरुको सहभागितामा त्रिभुवन चौक,ं त्रिबेणीमोड, न्यूरोड स्थित भानुभक्त चौक हुदैं पुन पुस्तकालयमा पुगेको थियो ।

महेन्द्र पुस्तकालय नेपालगन्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले ब्यानर वाचन गरेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै अहिलेको समयमा पुस्तकालमा गएर पढने कम भएको छ । मोबाइल एउटा साधन मात्र हो, ज्ञान, शिक्षा प्राप्त मात्र पुस्तकालयबाट नै हुन्छ, कसैले आफुनो आमा बुवालाई हेपेर कहिले ठूलो मान्छे हुँदैंन, आमा बुवाको सेवा गर्न कहिले बिर्सनु हुँदैन ।

पुस्कालयका उपाध्यक्ष पंकजकुमार श्रेष्ठले कार्यक्रममा आएका पहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो ।
बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मोवाइलको कारणले गर्दा पढन, लेख्न संस्कृति हराएको छ ।

ज्ञान बृद्धिका लागी पुस्तकालयको आवश्यकता पर्दछ । बिशिष्ट अतिथि बिशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीले पुस्तकालयको बारेमा प्रकाश पार्नुभएको थियो । यसरी सो कार्यक्रममा वरिष्ठ कलाकार सुन्दरु गुरुङ्ग, साहित्यकार चन्द्रवती अधिकारी, शिक्षिका पुष्पा भट्टराई, ब्रहमकुमार कृष्णबहादुर रानाभाट, बिद्यार्थीको तर्फबबाट निराजन बुढा लगायतले रचनावाचन गरेका थिए ।

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, समजसेवी तथा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाल, जिल्ला हुलाक कार्यालय नेपालगन्जका प्रमुख गोबिन्दप्रसाद पाण्डे, समाजसेवी सूर्यलाल यादव, प्रलेस बाँके अध्यक्ष पुष्पमणि प्रधान, भरतबहादुर रानाभाट, शिक्षाबिद् जीतबहादुर शाह, केशवराम वर्मा, श्यामबिहारी गुप्ता, बिष्णुप्रसाद सुवेदी, लक्ष्मी बस्याल, नरेन्द्र पोखरेल, मिथिला समाज बाँके अध्यक्ष रामलोचन शाह, रामचन्द्र पण्डित, वरिष्ठ साहित्यकार नरेन्द्र स्वाँर, जैद अहमद खाँ, मोतीप्रसाद देवकोटा, जनकराम भण्डारी, स्वामीदयाल गुप्ता, अर्जुन शर्मा, शिक्षिका अनिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *