Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

वन्यजन्तु आतंकमा राप्तीसोनारीका विद्यार्थीः शिक्षादेखि जीवनसम्मको संघर्ष

वन्यजन्तु आतंकमा राप्तीसोनारीका विद्यार्थीः शिक्षादेखि जीवनसम्मको संघर्ष

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ माघ – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको श्री लक्ष्मीमाध्यमिकविद्यालयकाविद्यार्थी र शिक्षकहरूले मानव वन्यजन्तु द्वन्द्वले सिर्जना गरेको चुनौतीसँग निरन्तर जुधि रहेका छन् । विद्यालयदेखि घरसम्म पुग्ने बाटो मात्र होइन, दिनदिनै कामहरू पनि डर र त्रासले भरिएका छन् । कक्षा १२ की ललीता कुँवर भन्नुहुन्छ, “हामी जंगलको नजिकै बस्छौं, जहाँ बाघ र चितुवाको डर सधैं रहन्छ । घर परिवारले खेतीपाती, पशुपालन, र जंगलमा घाँसदाउरा जाँदा ज्यान कै जोखिम मोल्नु पर्छ ।” समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको शुक्रबार वातावरण बार कार्यक्रममा विद्यार्थीसँगै शिक्षकहरूले आफ्ना समस्याहरू खुला रूपमा राखे । सहायक प्रधानाध्यापक डिल्लीबहादुर डाँगीले भन्नुभयो, “हाम्रो समुदायमा वन्यजन्तुबाट हुने क्षतिको समस्या दिन प्रतिदिन बढ्दैछ । आजको छलफलले विद्यार्थीहरूलाई क्षतिपूर्तिको अधिकार...
श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

श्री रामको प्राण प्रतिष्ठाको वार्षिकोत्सवमा सीमापारी कलश यात्रा, नेपालगन्जमा भण्डारा

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ – नेपाल भारतको सिमानासंग जोडिएको बाँके जिल्लाको सीमावर्ती क्षेत्र नगर पञ्चायत रुपइडिहामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको महोत्सव सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा बुधवार विहान हर्षोल्लासका साथ भव्य कलश यात्रा निकालिएको समाचार छ । श्री रामको प्राण प्रतिष्ठा भएको प्रथम वार्षिकोत्सवको अवसरमा छिमेकी मित्रराष्ट्र भारतभर महोत्सवको रुपमा मनाइएको हो । सो अवसरमा नेपालगन्जमा पनि मिष्ठान्न वितरण गर्नुका साथै भण्डारा (सामूहिक भोज) गरिएको थियो । विश्वभरका हिन्दू धर्मावलम्वीहरुले आदर्श पुरुषको रुपमा प्राचीन कालदेखि सम्मान गर्दै आएको भगवान श्री रामको धेरै वर्षको विवाद पछि उच्च अदालतको आदेश पश्चत् गत वर्ष जनवरी २२ तारिखका दिन रामको जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यामा प्राण प्रतिष्ठा गरिएको थियो । उक्त घटना विश्वभर चर्चित रहेको थियो । रुपईडिहा पत्रकार संघका संरक्षक शेर ...
१० महिला सहित ६० जनाले गरे रक्तदान

१० महिला सहित ६० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा १० महिला सहित ६० जनाले माघ ७ गते सोमवार रक्तदान गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ स्थित आयोजित रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्षकुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा प्राबिधिक होमराज गिरी र सुनिल रत्गैयालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो । यसरी रक्तदान कार्यक्रममा नयाँ सृजनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष कुमारी कमला चौधरी, प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारीकी अध्यक्ष दिब्या गुरुङ्गले आफनो ज...
प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

प्रहरी विरुद्ध नारावाजी पीडित परिवार सडकमा

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – न्यायको खोजी गर्दैै विगतमा भएको हत्या घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन नेपालगन्जमा प्रहरी विरुद्ध नारा लगाउँदै विशाल जुलुससहित विरोध प्रदर्शन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न माग गर्दै पीडित परिवारले मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका छन् । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो । हत्या भएको १० महिना वित्न लाग्दा समेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्न नसकेपछि पीडित परिवारहरु न्याय खोज्न सडकमा उत्रिएको बताईएको छ । उनीहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बिर्ताबाट प्रहरी बिरुद्ध नारा लगाउँदै नेपालगन्जको मुटु धम्बोझी चोकमा टायर बाली चक्काजाम गरी बिरोध प्रदर्शन गरेका छन् । विगत १० महिना अगाडी अरबी खाँको हत्या भएको घटनामा पीडित परिवारले प्रहरी विरुद...
पाकिस्तान सरकारद्वारा पत्रकार माथि भइरहेको ज्यादती विरुद्ध मधेश मिडिया मिसनको आवाज

पाकिस्तान सरकारद्वारा पत्रकार माथि भइरहेको ज्यादती विरुद्ध मधेश मिडिया मिसनको आवाज

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ माघ – पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र महिला पत्रकार सना अमजद जस्ता दर्जनौं पत्रकार माथि भइरहेको अत्याचार तथा ज्यादती विरुद्ध मधेश मिडिया मिसन नेपालले सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपालको परराष्ट्र मन्त्रालय र राजदूतावासलाई ज्ञापनपत्र बुझाएको छ । मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, समिति सदस्य लगायतका पत्रकारले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी गराए । सम्पूर्ण विश्व अहिले आतंकवादबाट ग्रसित रहेको समय यस्तो आतंकबादबाट विशेषकर दबे कुचले वर्गका व्यक्ति सधैं पीडित बन्दै आएका अध्यक्ष त्रिपाठीले बताए । यस्ता वर्गलाई न्याय दिलाउन विगत दिनदेखि स्वतन्त्र प्रेस जगत अहम भूमिका निर्वाह गर्दै आईरहेको समय पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र अ...
‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ७ माघ - दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उहाँले जिकीर गर्नु भयो । शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताउनु भयो । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अ...
डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सावित्रीगिरी कोहलपुर, ६ माघ – जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मकपहलको आवश्यकता रहेको नेपागन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिंदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अबसर र चुनौतीबिषयकअन्र्तक्रियाकार्यक्रमका सहभागिहरुले यस्तो कुरामाजोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सद...
बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गतेदेखि हुने भएको छ । बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उपसमितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उपसमितिको संयोजकमा अनिल केसी, प्राविधिक उपसमितिको संयोजकमा ...
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सुनसरी, ६ माघ – मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व अ...
वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रिया बारे युवाहरुको चासो

वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रिया बारे युवाहरुको चासो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रिया बारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगा जस्ता वन्यजन्तुले पु¥याएको क्षतिबारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताउनुभयो । वन्यजन्तुहरूले घर भित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा नपाउँदा सुविधाबाट वन्चित हुनु परेको स्थानिय युवा गोमा खत्रीले बताउनुभयो । उहाँले राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानियहरुले चासो नदिएको दुखेसो पोख्नुभयो । वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरु बारे यस्तो बताएका हुन । समाज सुधार युवा क्लबका सदस्य सुरेश वलीले वन्यजन्तुबाट हुने असर कम गर्न ...