Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

१ कराेड १० लाख बजेटमा तिरूपति धाम निर्माण शिलान्यास

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा निर्माणाधिन रहेकाे तिरूपति बालाजी धामलाई थप १ कराेड १० लाख बजेट बिनियाेजित गरि आज शिलान्यास गरिएकाे छ । वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले दिएकाे जानकारी अनुसार संघीय सरकार शहरी विकास मन्त्रालयबाट १ कराेड तथा नेपालगन्ज उपमहानगरपालिकाबाट ५ लाख एवम् वडा नं. १८ बाट ५ लाख गरि १ कराेड १० लाख बजेट बिनियाेजित गरि धाम निर्माणका लागि आज शिलान्यास गरिएकाे बताउनुभयाे । वडा अध्यक्ष बर्माले यश कार्यमा सहयाेग, सहकार्य गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै अब छिट्टै हामीले तिरूपति बालाजी दर्शन नेपालगन्जबाटै गर्न पाउने बताउनुभयाे ।...
ईट्टा उद्योगमा छड्के, मापदण्ड अनुसार उद्योग चलाउन निर्देशन

ईट्टा उद्योगमा छड्के, मापदण्ड अनुसार उद्योग चलाउन निर्देशन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ – बाँके जिल्लामा रहेको ईट्टा उद्योगीहरुले गलत तवरले काठ दाउरा आफ्नो उद्योगमा प्रयोग गरिरहेको जनगुनासो आउन थालेपछि आज शनिबार कोहलपुर सब वन डिभिजन कार्यालय तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघले छड्के गरेको छ । नेपाल ईट्टा उद्योग व्यवसायी संघ तथा सब वन डिभिजन कार्यालयद्वारा संयुक्त रुपमा गरिएको छड्केमा उद्योगीहरुले उद्योग सञ्चालन गर्दा मापदण्ड अनुसार कार्यान्वयन गरिरहेका छन् व छैनन्, सामान्य स्वास्थ्य उपचारको व्यवस्थापन छ व छैन, कामदारहरुले प्रयोग गर्ने शौचालयको व्यवस्थापन उचित छ व छैन, उद्योगमा प्रयोग हुने काठ दाउरा गलत तवरले ल्याईएको हो व सही बाटो ल्याईएको हो, त्यसको कागजातहरु, बिल, भौचर आदि दुरुस्त छ व छैनन् लगायत विषयमा छड्के गरिएको बताईएको छ । आज छड्के गरिएको उद्योगहरुमा कतिपय ईट्टा उद्योगहरु बन्द रहेको पाईएको थियो भने कतिपय उद्योगहरुको अवस्था आर्थिक रुपमा जर्...
बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १९ माघ – बाँकेको डुडुवा गाउँपालिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो । अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बाल विकास तथा सहभागिता लगायतका विषयमा तेजविक्रम शाहले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बाल अधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताउनुभयो । ...
गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

गोपाल–नीना फाउण्डेशनद्वारा स्वास्थ्य सचेतनासंगै शैक्षिक सामाग्री र व्हिल चियर वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ – गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले विद्यालयको कक्षा कोठाका लागि अत्यावश्यक सेतो पाटी (White board) र कक्षा १ देखि ३ गतेसम्मका विद्यार्थीहरुको पठन पाठनमा सहयोगी नेपाली वर्णमाला, अंग्रेजी र चित्रमय पाठ्य सामाग्रीहरु उक्त विद्यालयलाई हस्तान्तरण गर्नु भयो । दुुई दशकदेखि भुजई गाउँ क्षेत्रको सामुदायका क्रियाशील गैर सरकारी संस्था ग्रामीण आर्थिक समाजिक उत्थान केन्द्रको संयोजन र सहकार्यमा आयोजित उक्त कार्य...
कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती

कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियमित कार्यकाल सकिनु १० महिना अगावै कार्यशैलीमा प्रश्न उठाउँदै महामन्त्री धवलशमशेर राणाले चुनौती दिएका छन्। राप्रपाको २०७८ मंसिरको महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। उनको चार वर्षे कार्यकाल सकिन १० महिना बाँकी छ। माघ १० गते धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समिति बैठक थियो। केन्द्रीय समितिका एजेन्डा तय गर्न बसेको बैठक सकिनै लाग्दा महामन्त्री धवलशमशेर राणा बोले- अध्यक्षज्यू, मेरो फरक विचार छ, केन्द्रीय समितिमा पेस गर्न पाऊँ। अध्यक्ष लिङ्देनले तत्काल हुन्छ वा हुन्न केही भनेनन्। महामन्त्री राणाले फरक विचार के राख्न खोजेका हुन् लिङ्देनलाई भेउ थियो। त्यसैले पनि हुनुपर्छ, केहीबेरपछि अध्यक्ष लिङ्देनले भने- तपाईंको बोल्ने पालोमा केन्द्रीय समितिमै वाचन गर्न सक्...
१८ नं. वडामा १ करोड ४३ लाखमा पक्की नयाँ सडक बाटाे निर्माण शुरू

१८ नं. वडामा १ करोड ४३ लाखमा पक्की नयाँ सडक बाटाे निर्माण शुरू

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ - विगत आर्थिक वर्ष झै यश आर्थिक वर्षमा समेत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगाायत विषयलाई प्राथमिक्ता साथ वडा नं. १८ ले उठान गर्दै निर्माण कार्यकाे थालनी गरेकाे छ । शनिबार वडाध्यक्ष दिपककुमार बर्माले झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडककाे शिफान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा अर्को पक्की नयाँ सडक बन्ने भएको छ । सुर्खेतरोड भाटभटेनीदेखि पश्चिमतर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको छ । २०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एकमिटरको नाला र ६ मिटरको चौडा बाटो सहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले बताए । वडाध्यक्ष बर्माले दिए...
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा नयाँ समिति

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा नयाँ समिति

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ – नेपालगन्जका साहित्यकार भरत बहादुर रानाभाटको अध्यक्षतामा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्ष प्रकाश गिरी ‘निश्चल’को अध्यक्षतामा शनिवार यहाँ सम्पन्न लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहनु भएका लोकप्रिय साहित्यकार श्री रानाभाटको अध्यक्षतामा चयन भएको लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा चन्द्रावती अधिकारी (कोहलपुर), सचिव करिस्मा योगी (नेपालगन्ज), सहसचिव वालकृष्ण शर्मा तथा कोषाध्यक्ष पुष्पा सुवेदी आचार्य रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा फणिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला, सीता सुनगाभा पोखरेल चयन हुनु भएको छ । साहित्यकार ऋषि आजादको न...
नेपालगन्जमा सामूहिक ईही (बेलविवाह) र कय्ता पूजा (ब्रतवन्ध संस्कार) गरिंदै

नेपालगन्जमा सामूहिक ईही (बेलविवाह) र कय्ता पूजा (ब्रतवन्ध संस्कार) गरिंदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ – नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष पनि बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यही माघ २० र २१ ग्तेका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा आयोजना गर्न लागेको हो । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्रकुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको विधिवत रुपमा हुने उक्त अनिवार्य संस्कारमा पश्चिम नेपालका धेरै जिल्लाहरुबाट नेवार समुदायका बालवालिकाहरुको सहभागिता हुँदै आएको छ । नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः पुचः, भृकुटी नगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, रा...
क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १३ माघ – उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो । देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। एनआरइएनका अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो । कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो । प्रशिक्षार्थीहरू...
कमल डाँगीको नेतृत्वमा प्रेस चौतारी नेपाल बाँके

कमल डाँगीको नेतृत्वमा प्रेस चौतारी नेपाल बाँके

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ माघ – प्रेस चौतारी नेपाल, बाँकेको १०औं जिल्ला अधिवेशनबाट कमल डाँंगीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नव निर्वाचित अध्यक्ष ढाँगी बिगत दुई कार्यकाल जिल्ला सचिव थिए । शनिबार नेपालगन्जमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्षमा रामु वली, महिला उपाध्यक्षमा पवित्रा परियार, सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी र कोषाध्यक्षमा दिपेश आचार्य चयन भएका छन् । यसैगरी कार्य समितिका सदस्यहरुमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली चयन भएका छन । सो एमाले केन्द्रीय सदस्य शान्ति ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव प्रदिप आचार्य, निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, केन्द्रीय सदस्य टिका बस्नेतलगायतको सहभागिता रहेको ...