
नेपालगन्ज, १२ बैशाख – दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता २०८२ को तयार बारे आज पत्रकार सम्मेलन गरी जनाईएको छ ।
बाँके जिल्ला मै प्रतियोगिता सम्पन्न गराउने तयारी भईरहेको जानकारी गराउँदै बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघ बाँकेका सचिव चन्द्र शेखर थापाले यही आउँदो बैशाख २६ र २७ गते (शुक्रबार र शनिबार) का दिन नेपालगन्जमा आयोजना गरिने भएको बताउनुभयो ।
सचिव थापाले– प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने जानकारी गराउँदै प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरिने बताउनुभयो ।
उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने बताउनुभयो ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघका अध्यक्ष बिनी टण्डनको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा यस क्षेत्रमा रहेको विभिन्न टिम क्लबका सञ्चालक, टे«नर, खेलाडी लगायतको सहभागिता रहेको थियो ।
गत वर्ष भन्दा फरक किसिमले यस पटकको प्रस्तुति रहने जानकारी गराउँदै आयोजकद्वारा नगद ५० हजार राखीका साथै सहभागिताको लागि निःशुल्क फारम, खाना, बस्नको समेत व्यवस्थापन गरिने जनाईएको छ ।
उक्त प्रतियोगिताको अनुमानित लागत खर्च करीब ५ लाख लाग्ने छ भने त्यसको व्यवस्थापनको लागि नेपालगन्ज उपमहानगरपालिकाद्वारा ३ लाख तथा अन्यमा ४, १९, १, १२, २२ र ८ नं. वार्डहरुबाट समेत आर्थिक सहयोग प्राप्त हुने बताईएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस