
नेपालगन्ज, ३ जेष्ठ – बाँके जिल्लामा दर्ता भएको पहिलो र एक मात्र आधिकारिक योग संस्था योग समिति नेपालले आज नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकको पूर्वस्थित महाकाली मन्दिर परिसरमा विशेषतः महिलाहरूलाई लक्षित गरी ३९औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न गरेको छ ।
कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो । सम्पूर्ण योग साधकहरुलाई हार्दिक स्वागत संस्थापक सल्लाहकार नन्दलाल बैस्यले गर्नुभएको थियो भने कार्यक्रममा केन्द्रको उद्देश्य र भावी कार्यदिशाबारे ३९औं योग केन्द्रकी संयोजक प्रशिक्षक संगीता बैस्यले प्रकाश पार्नुभयो ।
कार्यक्रममा योग समिति नेपालका कलाकार गायक चक्र मल्लले सन्देशमूलक सांगीतिक प्रस्तुति दिनुभयो । आजीवन सदस्य धु्रबकुमार बैस्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उक्त शुभारम्भ कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरू निर्मला शाह, लोकमाया सुवेदी, अम्बिका कोइराला, टंक पौडेल, मन्दरा शर्मा, झबी शर्मा, प्रेम केसी, दिपक थापा, प्रमोद अग्रवाल, सबिता शर्मा, अधिवक्ता बसन्त गौतम, सल्लाहकार जगदीशचन्द्र तिमिल्सिना, योग प्रशिक्षक, आजीवन सदस्य, साधारण सदस्य, बैस्य समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव, समाजसेवी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन योग समिति नेपालका परिकल्पनाकार योगगुरु तथा आयुर्वेदाचार्य गिरिराजको मार्गदर्शनमा, सल्लाहकार तथा केन्द्रिय पदाधिकारीहरूको सामूहिक उपस्थिति बीच सम्पन्न भएको छ ।
कार्यक्रमको विशेष आकर्षण योगगुरुको प्रेरणादायी सम्बोधन, योग आसन, सुस्म क्रिया, ध्यान र प्राथनात्मक अभ्यास रहेको थियो । योगगुरुले आहार–विहार, जीवनशैली सुधार, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन एवं आत्मा–मन–विचार शुद्धिकरणमार्फत स्थायी स्वास्थ्यको संदेश दिनुभयो ।
सोही अवसरमा महाकाली मन्दिर योग व्यवस्थापन समिति पनि गठन गरिएको छ । जसको मार्गनिर्देशकमा योगगुरु, प्रमुख संयोजकमा संगीता बैश्य, संयोजकमा प्रिया बैश्य, सह–संयोजकः ज्योति बैश्य रहेका छन् । भने सदस्यहरुमा क्रमशः सन्ध्या बैश्य, रेखा बैश्य, आराधना बैश्य, मिरा केशरवाललाई चयन गरिएको छ भने सल्लाहकारमा लक्ष्मी बैश्य तथा गीता बैश्यलाई चयन गरिएको संरक्षकः नन्दलाल बैश्यले जानकारी गराएका छन् ।