
नेपालगन्ज, २२ जेष्ठ – पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लम्बिनी प्रदेश नेपालगन्जमा आयोजनामा आज बिहीवार आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित २२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १७ औं बार्षिकोत्समा प्रथम रक्तदान कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय नेपालगन्जको प्रायोजकमा “सामाजिक उत्तरदायित्य कार्यक्रम” आयोजित रक्तदान कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति केन्द्रिय उपाध्यक्ष बिनोद कुमार यादव, लुम्बिनी प्रदेश अध्यक्ष टिकामणी, केन्द्रिय सदस्य निरज कुमार भट्ट, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश उपप्रमुख उमेश ठाकुर, अभिकर्ता माधवराज अधिकारी, उर्मिला यादव लगायतले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकसोम प्रकाश सापकोटा, होमराज गिरी र हिरा बिकलाई रगत संकलन पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
आयोजित रक्तदान कार्यक्रममा ज्योति खत्री, बिनायक चौधरी, अमन थारु, अमरबहादुर बिक, मनिष पौडेल, दिपक चालिसे, बिनोदकुमार यादव, श्रीप्रसाद पौडेल, अमृत श्रेष्ठ, सन्तबहादुर पुन, निरजकुमार भट्ट, शेखरनाथ सन्जेल, दलु बिक, नन्दकिशोर भाम, अर्जुन डिसी, राहुल यादव, अमरबहादुर सुनार, अमन थारु, खिम शहादुर वली, बिमल ढकाल, पूजा भण्डारी, गोपाल केसी लगायतले रक्तदान गरेका थिए । स्वयंसेवी रक्तदाताहरुलाई आयोजकद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो रक्तदान कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लम्बिनी प्रदेश नेपालगन्जका अभिकर्ता, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा, होमराज गिरी, हिरा बिक, सञ्जय बढहीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।