Thursday, February 12सत्यम खबर
Shadow

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेष्ठ – महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुई दिने क्षमता विकास तालिम नेपालगन्जमा शुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका ५० जना बढी महिला, बालबालिका, र किशोरीहरुको सहभागिता रहेको छ ।

तालिममा महिला, बालबालिकाको कानूनी अधिकार, अवस्था, समस्या, लैङ्गिक समानता, लैङ्गिक विभेद, नेतृत्व विकास, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, बालविवाह, यौन हिंसा, निर्णय क्षमता विकास, कानूनी अधिकार, सुरक्षा, न्याय तथा पहुँचका उपाय, अर्थिक शसक्तिकरण लगायतका विषयमा जानकारी गराइने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।

तालिममा बसन्त कानोजिया, अधिबक्ताहरु विश्वजित तिवारी, केवलसिंह थारु र जिज्ञासा तिवारी, राकेशकुमार मिश्र, एञ्जिला ज्ञवाली र रविन्द्र ज्ञवालीले सहजीकरण गरि रहनुभएको छ ।

तालिमको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्तकुमार कानोजियाले राज्यको हरेक तहमा महिलाको सहभागिता न्युन भएकाले उनीहरु आफैमा पहिला शसक्तिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु जागरुक भएर आफ्ना कानूनी अधिकारीको समेत कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम म्यानेजर रविन्द्रकुमार ज्ञवाली लगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *