Thursday, June 12सत्यम खबर
Shadow

दुई महिलासहित ४२ जनाले गरे रक्तदान

नेपालगन्ज, १८ जेष्ठ – बाँके जिल्लाको जानकी गाउँपालिकाको बेलहरीमा आयोजित रक्तदान कार्यक्रम शनिवार दुई महिलासहित ४२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन ।

जानकी गाउँपालिका वार्ड नं.–५ वडा कार्यालयको आर्थिक सहयोगमा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज जानकी गाउँपालिका उपशाखाको समन्वयमा, ५ नं. वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा वडा नं. का वडाध्यक्ष, टिका नाथ यादवले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक तुलसी चौधरीलाई रगत संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष टिकानाथ यादव, महिला वडा सदस्य कान्ती काँदू, जानकी गाउँपालिका जिन्सी शाखा प्रमुख राजु यादव, लघु उद्यम शाखाकी साबित्रा रेग्मी, समाजसेवी हीरालाल लोनिया, सन्तोषकुमार वर्मा, दिनेश वर्मा, बिशालकुमार वर्मा, अवधेश वर्मा, सुनिलकुमार वर्मा, सीताराम अहिर, बिमलकुमार वर्मा, मनोज यादव, जगतराम यादव, राजितराम अहिर, मोहम्मद तुफैल मनिहार, रामु चमार, रुसमत अली दर्जी, सञ्जय धोबी, हजरत अली साई, राजेन्द्रकुमार कुर्मी, चित्रकुमार तिवारी, स्वास्थ्यकर्मी दिनेशकुमार वर्मा, रामबिनोद विर्मा, श्रवण यादव, राजेश राँढ, प्रदीप वर्मा, जाबिर मनिहार, उमेशकुमार यादव, दिपेन्द्रकुमार यादव, पूरन यादव, राज वर्मा, दिपेन्द्र यादव, राधेश्याम हरिजन, मनिष वर्मा, अखिलेश वर्मा, सन्दिय धोबी, श्यामु चमार, बिष्णु यादव, बच्छराज हरिजन, कृष्णप्रसाद यादव, सत्तजय काँदू लगायत ४२ जनाले रक्तदान गरेका छन् । जस मध्ये यादव समाजबाट १४ जना, बर्मा समाज बाट १२ जना, मुस्लिम समुदायका ४ जना, काँदूबाट २ जना, हरिजन समाजबाट ४ जना, धोबी समाजबाट २ जना, बाहुनबाट २ जना, लोनियाबाट १ जना, राँढबाट १ जनाले रक्तदान गरेका छन् ।

उक्त कार्यक्रममा रक्तदान कार्यक्रममा आर्थिक सहयोग र कार्यक्रममा प्राविधिक सहयोग गरे बापत जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशीष वर्माले ५ नं.वडा कार्यालयलाई वडाध्यक्ष टिकानाथ यादव र प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटालाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसरी कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई अझ हौसला प्रदान गर्नका लागी टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो रक्तदान कार्यक्रममा जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशीष वर्मा, सदस्य गोबिन्द यादव, जानकी गाउँपालिका वार्ड नं.–५ का वडा सदस्य मोहम्मद सरीफ खाँ, जानकी गाउँपालिका स्वास्थ्य शाखाका लवकुश यादव, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषध्यक्ष मनमोहन वर्मा र सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, साबितराम यादव, वडा कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका संदिप आचार्य, महेश राना क्षेत्री, पुनम राना, सुजलराज गिरी, निर्मला चौधरी, सञ्जय बढही र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *