Friday, November 14सत्यम खबर
Shadow

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज, २३ जेष्ठ – प्लाष्टिकजन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नु पर्ने कुरामा जोड दिइएको छ ।

विश्व वातावरण दिवस २०८२ को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित सरोकारवाला विचको अन्तत्र्रिmया कार्यक्रमका सहभागीले नगरबासीले आ–आफ्नो घरबाट प्लाष्टिकजन्य फोहोरको नियन्त्रणमा अभियान संचालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा वन तथा भुमिगत विज्ञ रमेश गौतम र वातावरण विज्ञ सरोजकुमार तामाङ्गले सो विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहले नेपालगन्ज उपमहानगरले वातावरण संरक्षणमा जोड दिएको प्रदुषणको न्युनीकरणमा सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्तकुमार कानोजिया, ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अध्यक्ष डा. विनोद कर्ण, सामाजिक अभियन्ता हेमन्तकाफ्ले, कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र ज्ञवाली, कृष्णमुरारी प्रसाद भट्ट, गोपाल गिरी, टेकनाथ आचार्य, पत्रकार सावित्री गिरी, पुर्णतारा फाउण्डेशनका अध्यक्ष ताराकुमारी रोकाय लगायतले बोल्नु भएको थियो ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ता हेमन्तराज काफ्लेले शितलचिनी र वन डिभिजन कार्यालय बाँकेले अम्लाको वोट समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *