बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार
ललितपुर, २२ जेठ – नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ यादआयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै दुबै संस्थाले सो सेवा शुभारम्भ गरेको हो ।
यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्ने छन् । साथै जटिल स्वास्थ्य समस्याका लागि काठमाडौँका अन्तर्राष्टिय स्तरका अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझाव प्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ ।
हेल्थ यादआयोले आफ्नो टेलिमेडिसिन एपीआई उपलव्ध गराई नेपाली विशेषज्ञ चिकित्सकहरुको विवरण तथा अस्पतालहरुसँगको समन्वयर सूचना प्रविधि प्रणाली क्लिीनिकल बंगलादेशसँग एकीकृत गरेको छ । यो सहकार्यले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवाप्राप्त गर्न...









