प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्ज, जेष्ठ २९ – पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगन्जका १४ वटा विद्यालयका ८२ जना छात्र–छात्राको सहभागिता रहेको थियो। विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहेका थिए । प्रतियोगिताको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भए । उनले नगद रु. ५,५०० सहित सम्मान प्राप्त गरे । त्यस्तै स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित ...









